बिपिसीले १० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौं। बुटवल पावर कम्पनी (बिपिसी)ले गत आर्थिक वर्षको नाफाबाट २८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। गत शुक्रबार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १८ प्रतिशत नगद लाभांस घोषणा गरेको हो।

कम्पनीले पुष २७ गते २६ औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभा प्रयोजनकालागि कम्पनीले पुष ६ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ।

कम्पनीले गत फागुनमा प्रतिशेयर ५०१ रुपैयाँको दरमा ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गरेको थियो। एफपिओ पस्चात कम्पनीले २० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो।
कम्पनीले एफपिओ निष्कासन पछि २० प्रतिशतको नगद लाभांश घोषणा गरे पछि लगानीकर्ताबाट आलोचना भएको थियो । यसको प्रभावबले दोस्रो बजारमा सेयरको मुल्य एफपिओको विक्रि मूल्य भन्दा तल झरेको छ। आइतबार कम्पनीको ओपनिङ प्राइस ४२९ रुपैयाँ छ ।

गत आर्थिक वर्षमा कम्पनीले ७१ करोड २४ लाख रुपैयाँ नाफा गरेको थियो। प्रतिशेयर आम्दानी ३२ रुपैयाँ रहेको छ। एफपिओ पस्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ११ करोड रुपैयाँ कायम भएको थियो। अहिले घोषणा गरेको १० प्रतिशत बोनस शेयर पस्चाता कम्पनीको चुक्ता पूँजी २ अर्ब ३३ करोड रुपैयाँ पुग्नेछ।

Advertisement

Advertisement

Advertisement