वाणिज्य बैंक र विकास बैंक समूहको सुचक बढ्दा नेप्समा दोहोरो अंकको सुधार

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक १० दशमलव ८५ अंकले बढेर १ हाजार एक सय ३१ दशमलव ७० अंकमा पुगेको छ ।
अघिल्लो हप्ताको अन्तिम दिन बिहीबार पनि सामान्य बढेको बजार आज पनि बढ्ने क्रम जारी रहेको छ ।

आज नेप्से परिसुचक बढेपनि कारोबार रकम भने घटेको छ । आज नेप्सेमा एक सय ५५ कम्पनीका २२ करोड ३७ लाख २४ हजार रुपिायाँ बराबरका सात लाख १४ हजार ६१८ कित्ता सेयर कारोबार भएको छ ।

आइतबारको कारोबारमा वित्त र उत्पादन बाहेकका सबै समूहको उपसुचकहरुमा वृद्धि भएको छ । निर्जीवन बीमा, वाणिज्य बैंक र विकास बैंकका सुचकहरुमा आज दाहोरो अंकको वृद्धि देखिएको छ ।

निर्जीवन बीमा समूहको सुचक ३९ दशमलव ८९ अंकले बढ्दा वाणिज्य बैंक र विकास बैंक समूहका सुचकहरु १३ दशमलव ५१ र १२ दशमलव ०९ अंकले बढेका छन् ।

Advertisement

Advertisement

Advertisement