बैंक अफ काठमाण्डू आइएमई पे वालेटमा आवद्ध

Advertisement

काठमाडौं । बैंक अफ काठमाण्डू आइएमई पेमा आवद्ध भएको छ । अब आइएमई ग्रुपले प्रवद्र्धन गरेको ‘आइएमई डिजिटल’ र बैंक अफ काठमाण्डूबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने छ । बैंक अफ काठमाण्डू ‘आइएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था हो ।

यससँगै आइएमई पेका सेवाग्राहीहरूले अवदेखि बैंक अफ काठमाण्डुको आफ्नो खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् ।

बैंक अफ काठमाण्डूले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथै बैंक अफ काठमाण्डूका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आरमार्फत गरिने भुक्तानी सेवा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement