सिराहाका उखु कृषकले सरकारी अनुदान पाएनन् ।

Advertisement

मंसिर २३ २०७५

सिरहा । सिराहाका उखु कृषकले भुक्तानी बापतको सरकारी अनुदान नपाएको गुनासो गरेका छन् ।

सिराहाका ५ हजार ६ सय ८१ किसानले आफूले वेच्दै आएको उखुको ६ करोड २ लाख रुपैयाँ बराबरको अनुदान नपाएको गुनासो गरेका हुन् । उनीहरुले हिमालय सुगर मिल्सलाई ६ हजार क्विन्टल उखु बेचेका थिए ।

अनुदान पाउन उखु लगाएको जग्गाको लालपुर्जा आवश्यक पर्छ । जग्गा अधिया, वा ठेक्का लिएर खेती गरेका किसानले लालपुर्जाको फोटोकपी दिन नसक्दा अनुदान भुक्तानी गर्न नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख राधेश्याम गिरीले अनुदान भुक्तानीका लागि बैंक खाता नम्बर र लालपुर्जा अनिवार्य चाहिने वताए । उनले भने मिलले खाता नम्बर पठाएको छ तर कृषकले लालपुर्जाको फोटोकपी उपलब्ध गराउन सकेका छैनन् ।

यता सरकारी अनुदान लिने प्रकृया नै झन्झटिलो भएको उखु कृषकहरुले बताएका छन् । जमिन भाडामा लिएर उखु खेती गर्दै आएका कृषकहरुले जग्गावालाले लालपुर्जा नदिएकाले थप समस्या आएको छ,भ ने । नरहा गाउँपालिका–३ चोहर्वाका ताहिर मियाँले भने, ‘घरछेवैमा उखु मिल सञ्चालन भएकाले खेत ठेक्कामा लिएर उखु खेती गरे । तर अहिले आउरु सरकारी अनुदान पाउन सकेको छैन ।

‘अहिले उखु काटेर फेरी लगाउने वेला भएको छ’, उनले भने, ‘खेत भाडामा दिनेले पनि पैसा मागिरहेको छ, हातमा पैसा छैन काम गर्ने मान्छे पनि खोज्न सकेको छैन । ’ मिलले ढिलै भए पनि किसानको खातामा रकम जम्मा गरिदिएको उनले सुनाए। भने, ‘सरकारी अनुदान पनि यसैगरी पाए हामी किसानलाई खेती गर्न सहज हुन्छ।’
त्यस्तै अर्का कृषक साहित अन्सारी पनि समयमै अनुदान पाए मलखाद किन्ने र श्रमिकलाई पैसा तिर्ने योजनामा छन् । उनी भन्छन्, ‘मिलले सरकारी अफिस धाउन भन्छ । अब आफू खेती गर्ने कि अफिस धाईरहने ? ’ समस्या परिरहेको छ ।उनले घरनजिकै रहेको ६५ रुपैयाँका दरले उनले ३ लाख ९० हजार रुपैयाँ अनुदान पाउन सकेका छैनन् । अर्का किसान इसलाम राइनले पनि ४ हजार क्विन्टल उखुको २ लाख ६० हजार पाएका छैनन् ।

सिराहाको नरहा गाउँपालिका–३ मा सञ्चालित हिमालय सुगर मिल्समा सिरहा, सप्तरी, सुनसरी, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहटका किसानले ०७४र७५ मात्रै १० लाख २१ हजार ६७ क्विन्टल उखु बेचेका थिए ।

मिलका प्रमुख उखु प्रबन्ध अवधकिशोर यादवका अनुसार सिरहाका किसानले ४ लाख ५३ हजार ७ सय ४५, धनुषाकाले ४ लाख ६१ हजार १ सय ९, सर्लाहीका ५६ हजार २ सय ६७, सप्तरीकाले ७ हजार ४ सय ५५, सुनसरी र मोरङकाले २२ हजार ५ सय ७९, बारा र रौतहटकाले १९ हजार ७ सय ६५, महोत्तरीकाले १ सय ४३ र ७९ भारतीयले १ हजार ६ सय क्विन्टल उखु बेचेका छन् ।

सुरगर मिलले ‘कात्तिकभित्रै प्रतिक्विन्टल ४ सय ६५ रुपैयाँका दरले किसानको खातामा रकम जम्मा गरिदिएको भएपनि सरकारी अनुदान पाउन नसकेको मिलका प्रमुख यादवको भनाई छ ।

Advertisement

Advertisement

Advertisement