फिल्म ‘साइँली’को नयाँ गीत ‘नाच माया’ सार्वजनिक

Advertisement

काठमाडौँ । फिल्म ‘साइँली’को नयाँ गीत ‘नाच माया’सार्वजनिक गरिएको छ । सुशान्त गौतमको संगीतबद्ध गीतमा हेमन्त रानाले स्वर दिएका छन् । हर्क साउदले गीत लेखेका हुन् ।

रोमान्टिक गीतमा दयाहाङ राई, मेनुका प्रधान र गौरव पहारी छन् । चैत १५ गते रिलिज हुने फिल्मले गीत लन्चका लागि आइतबार काठमाडौंमा प्रेसमिट आयोजना गरेको थियो ।

रामबाबु गुरुङ लिखित एवं निर्देशित फिल्म मल्टिस्टारर हो । स्वास्थ्य लाभको कारण लामो समय आराम गरिरहेकी मेनुका प्रेसमिटमा उपस्थित भइन् । अभिनेता राई फिल्मलाई लिएर आशावादी देखिएका छन् ।

https://www.youtube.com/watch?v=XSurIJbKv9Q

Advertisement

Advertisement

Advertisement