ईयूले कालोसुचीबाट नहटाए पनि नेपाल वायुसेवा चार नयाँ गन्तव्यमा जाने प्रयासमा

Advertisement

काठमाडौं । वाइडबडी जहाजहरु थप परेको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवाले थप चार नयाँ गन्तव्यमा उडानको तयारी गरेको छ । दुई वटा वाइडबडी जहाज खरिदमा अनियमितता भएको विषय चर्चामा रहेको बेला नेपाल वायुसेवा निगमले ती जहाजका लागि नयाँ गन्तव्य खोजेको हो ।

निगमले सन् २०१९ को फेब्रुअरी पहिलो सातादेखि जापानको आसाका, मार्चमा चीनको गोङ्जाओ, अप्रिलमा साउदी अरब र मेमा दक्षिण कोरियाको उडान सुरु गर्ने योजना बनाएको हो । अनुमति प्रक्रिया अझै जारी रहेकाले ती गन्तव्यको लागि निगमले भाडा भने निर्धारण गरिसकेको छैन् । यद्यपि निजी वायुसेवाहरुभन्दा नेपाल वायुसेवाको भाडा सस्तो हुने अनुमान गरिएको छ ।

निगमका प्रवक्ता अशोक सिग्देलका अनुसार नयाँ उडानहरुका लागि आवश्यक प्रक्रिया मिलाउने काम भइरहेको छ । इयूले कालोसूचीमा राखेका कारण नयाँ गन्तव्यमा उडान सुरु गर्न कठिनाई भोग्दै आएको निगमले नागरिक उड्ड्यन प्राधिकरणको सहमतिमा नयाँ गन्तव्यहरुमा उडान सुरु गर्न गृहकार्य गरिरहेको छ ।

यी नयाँ गन्तव्यमा उडान सुरु गर्न सके नेपाल वायुसेवा १० देशका १२ शहरहरुसम्म यसको पहुँच पुग्नेछ । अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग अहिले दुई वटा वाइडबडी ए३३०–२००, दुई वटा न्यारोबडी ए३२०–२०० र एक बोइङ रहेका छन् । जहाज थपिएसँगै निगमको बजार हिस्सा बढेर १३ प्रतिशत पुगेको छ । निगमले चीन र जापानका लागि कन्ट्री म्यानेजर भनेर शैलेस कंसाकार र सन्तोष पाण्डेलाई नियुक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement