नेप्सेमा आज पनि दोहोरो अंकको वृद्धि, कारोबारमा पनि सुधार

Advertisement

काठमाडौं । साताको दास्रो दिन सोमार नेप्से परिसुचकमा दोहोरो अंकको वृद्धि आएको छ । आइतबार पनि १० दशमलव ८५ अंकले बढेको नेप्से सुचक आज १२ दशमलव ४९ अंकले बढेर १ हाजार एक सय ४४ दशमलव १९७० अंकमा पुगेको छ ।

अघिल्लो हप्ताको अन्तिम दिन बिहीबार पनि सामान्य बढेको बजार सोमबारसम्म आउँदा बढ्ने क्रम जारी रहेको छ । आज पनि नेप्से परिसुचक बढ्नुमा बीमा, वाणिज्य बैंक र विकास बैंक समूहका परिसुचकको मुख्य भूमिका रह्यो ।

आज नेप्से परिसुचकसँगै कारोबार रकममा पनि वृद्धि आएको छ । आज नेप्सेमा एक सय ६३ कम्पनीका ४३ करोड ६७ लाख ५२ हजार रुपियाँ बराबरका १२ लाख ६४ हजार ३४० कित्ता सेयरको कारोबार भएको छ । आइतबार एक सय ५५ कम्पनीका २२ करोड ३७ लाख २४ हजार रुपिायाँ बराबरका सात लाख १४ हजार ६१८ कित्ता सेयर कारोबार भएको थियो ।

आज उत्पादन र अन्य समूह बाहेकका सबै समूहका उपसुचकहरुमा वृद्धि आएको छ । निर्जीवन बीमा, जिवन बीमा, लघुवित्त, होटल, वाणिज्य बैंक र विकास बैंकका समूहका सुचकहरुमा आज दाहोरो अंकको वृद्धि देखिएको छ ।

Advertisement

Advertisement

Advertisement