नियम उल्लंघन गर्ने १३ जलविद्युत् कम्पनी कारवाहीमा

Advertisement

काठमाडौं । सरकारले नियम उल्लंघन गरेको आरोपमा १३ जलविद्युत् आयोजनालाई कारवाही गरेको छ ।
जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागले सरकारले तोकेको नियम उल्लङ्घन गरेको अभियोगमा जलविद्युत् आयोजकलाई कारवाहीको दायरामा ल्याएको हो ।

अनुमतिपत्रमा उल्लेख गरिएको शर्त नमानेका कारण विद्युत् ऐन २०४९ को दफा ३८ बमोजिम ती कम्पनीलाई रु पाँच हजारका दरले दण्ड गरिएको हो । चालू आर्थिक वर्षको चार महिनामा आठ कम्पनीहरु कारवाहीमा परेका छन् भने बाँकी पाँच कम्पनी अघिल्लो वर्ष नै कारवाहीमा परेका हुन ।

नियम उल्लंघन गरेको खण्डमा विद्युत उत्पादन, प्रसारण वा वितरण गरेमा तोकिएका अधिकारीले रु पाँच हजारसम्म जरिवाना गर्न र त्यस्तो काम बन्द गराउन सक्ने व्यवस्था विद्युत् ऐन २०४९मा छ ।

सो ऐन वमोजिम विभागले सुरी खोला हाइड्रोपावर, म्याग्दी हाइड्रोपावर, तुँदी पावर, भगवती हाइड्रोपावर, कालिका इनर्जी, इष्टर्न हाइड्रो पावर पुवा खोला एक हाइड्रो पावर र बज्र इनर्जी भेन्चर्सलाई कारवाही गरेको हो ।

विभागको स्वीकृति विना कम्पनीको संरचना परिवर्तन गरेको तथा प्रालिलाई लिमिटेडमा लैजानको लागि आवश्यक प्रक्रिया पूरा नगरेको आरोपमा रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी पनि कारवाहीमा परेको छ ।

त्यसैगरी मनाङ टे«ड लिङ्क प्रालि र हिमाल पावर लिमिटेडलाई पनि कारवाही गरिएको छ । त्यस्तै विभागले पोखरी हाइड्रो पावर र सिसा हाइड्रो इलेक्ट्रिक कम्पनीलाई, विभागको स्वीकृति नलिइ शेयर संरचना परिवर्तन गरेको भन्दै कारवाही गरेको छ ।

ऐनमा विद्युत् उत्पादन वा रुपान्तरण केन्द्र, प्रसारण लाइन, वितरण लाइन वा सोसँग सम्बन्धित अन्य कुनै संरचनामा प्रतिकूल असर पार्ने कुनै काम गरेमा, भत्काएमा, बिगारेमा वा कुनै किसिमले हानि नोक्सानी पु¥याएमा, त्यस्ता कामका लागि कोही कसैलाई प्रेरित गरेमा हानि नोक्सानीको बिगो असुल गरी बिगोबमोजिम जरिवाना वा १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानूनी प्रावधान छ ।

Advertisement

Advertisement

Advertisement