जनता बैंकले शेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश दिने

Advertisement

काठमाडौँ । जनता बैँक नेपाल लिमिटेडले आफ्ना सेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि सारेको छ ।

मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना शेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव अघि सारेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति तथा बैंकको आगामि वार्षिक साधारणसभाले पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् ।

Advertisement

Advertisement

Advertisement