सुनको मूल्यमा भारी वृद्धि

Advertisement

काठमाडौं । केही दिन देखि लगातार बढिरहेको सुनको मूल्यमा आज पनि ठूलो वृद्धि आएको छ । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपियाँले बढेको छ ।

सोमबार प्रतितोला ४०० रुपियाँले बढेर ५९ हजार ४०० रुपियाँ पुगेको सुनको मूल्य आज ६०० रुपियाँले बढेर प्रतितोला ६० हाजार रुपियाँ पुगेको छ । सुनको मूल्य आइतबार पनि प्रतितोला पाँच सय रुपियाँले बढेको थियो ।

नेपाल सुन चाँदी व्यावसायी महासंघका अनुसार आन्तरिक बजारमा डलरको मुल्य बढ्नु र अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको कारण स्थानीय बजारमा सुनको मूल्य बढेको हो । आज एक अमेरिकी डलरको मूल्य ८६ पैसाले बढेर प्रति डलर एक सय १४ रुपियाँ ४५ पैसा पुगेको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपियाँले बढेर ७ सय ३० रुपियाँमा कारोबार भएको छ ।

Advertisement

Advertisement

Advertisement