नेप्से बढ्नेक्रममा ब्रेक लाग्यो, आज सामान्य करेक्सन्

Advertisement

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसुचकमा सामान्य गिरावट आएको छ । साताको सुरुवाती दुई दिनमा दोहोरो अंकको वृद्धि आएकोमा मंगलबार केही करेक्शन भएको हो ।

सोमबार १२ दशमलव ४९ अंकले बढेर १ हाजार एक सय ४४ दशमलव १९७० अंकमा पुगेको नेप्से सुचक आज ३ दशमलव ०८ अंकले घटेर ११ सय ४१ दशमलव १० अंकमा झरेको छ ।
आज नेप्से परिसुचकसँगै कारोबार रकममा पनि कमि आएको छ ।

आज नेप्सेमा एक सय ६४ कम्पनीका ३८ करोड ३२ लाख ९३ हाजर रुपियाँ मूल्य पर्ने १२ लाख ८६ हजार ५७५ कित्ता सेयरको किनबेच भएको छ । सोमबार नेप्सेमा एक सय ६३ कम्पनीका ४३ करोड ६७ लाख ५२ हजार रुपियाँ बराबरका १२ लाख ६४ हजार ३४० कित्ता सेयरको कारोबार भएको थियो ।

आजको कारोबारमा उत्पादन, वित्त र अन्य समूहबाहेकका सम्पूर्ण उपसुचकहरुमा कमि आएको छ । निर्जीवन बीमा, जिवन बीमा, होटल र लघुवित्त समुहको सुचकमा आज दोहोरो अंकको गिरावट आएको छ ।

विगत दुई दिनसम्म दोहोरो अंकले बढेको वाणिज्य बैंक र विकास बैंक समूहका सुचक भने आज क्रमशः २ दशमलव ६८ र १ दशमलव ९३ अंकले मात्र बढेका छन् ।

Advertisement

Advertisement

Advertisement