एसिया प्यासिफिक जस्ता सम्मेलनहरु बारम्बार आयोजना हुनुपर्छः मन्त्री ज्ञावली

Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंमा हालै सम्पन्न विवादास्पद एसिया प्यासिफिक जस्ता सम्मेलनहरु बारम्बार आयोजना हुनुपर्ने बताएका छन् । यस सम्मेलनले नेपाललाई चिनाउन सहयोग गरेको भन्दै ज्ञावलीले यसमा सरकारको संलग्नताको बचाउ गरेका छन् ।

नेपालको परिचयलाई विश्वमा विस्तार गर्न यस्ता सम्मेलन प्रभावकारी हुने भन्दै यस्ता सम्मेलन भइरहनुपर्ने जिकिर गरेका हुन् । सरकार र नेकपाको संलग्नताबारे पार्टी पंक्ति तथा प्रतिपक्ष दलका नेताहरुबाट चर्को आलोचना भइरहेको बेला ज्ञावलीको यस्तो भनाइ आएको हो ।

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ज्ञवालीले भने,‘ एसिया प्यासिफिक सम्मेलनले नेपालको पहिचान विश्वमा बढाएको छ, वास्तवमा यस्ता कार्यक्रम भइरहनु पर्छ ।’

पत्रकार सम्मेलनमा उनले मानव तस्करीको अभियोग लागेकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाबारे अनुसन्धान जारी रहेको जानकारी गराएका छन् । शेर्पालाई हटाउने निर्णय भइनसकेको उनले बताए ।

Advertisement

Advertisement

Advertisement