विपत्पीडितलाई २७ लाख रुपियाँ राहत वितरण

Advertisement

जाजरकोट । जिल्ला प्रशासन कार्यालयले विभिन्न किसिमका पीडितलाई २७ लाख २२ हजार रुपियाँ राहत वितरण गरेको छ ।

दैवीप्रकोप उद्धार समितिमार्फत पीडितलाई सो रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो । चालु आव २०७५/७६ को अहिले सम्ममा १०८ परिवारले राहत रकम पाएका छन् । विपत्मा परी ज्यान गुमाएका १४ मृतकका परिवारलाई प्रतिपरिवार रु एक लाख, खाद्यान्न, लत्ताकपडासहित घर पूर्णरूपमा क्षति भएका नौ परिवारलाई प्रतिपरिवार रु ५० हजार र आङ्शिक रूपमा घर क्षति भएका ७७ परिवारलाई चार हजार रुपियाँ देखि २० हजार रुपियाँसम्म वितरण गरिएको छ । बाढीपहिरोबाट विस्थापित आठ परिवारलाई आठ हजार रुपियाँ देखि १५ हजार तथा अन्य राहत सामग्री वितरण गरिएको प्रजिअ बस्नतेले बताए ।

Advertisement

Advertisement

Advertisement