जन्तीसहित जनकपुर आइपुगे आदित्यनाथ, भक्तजनले पाए सास्ती (फोटो फिचर)

Advertisement

जनकपुर । रामजानकी विवाह पञ्चमीमा सहभागी हुन उत्तरप्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार बिहान जनकपुर आइपुगेका छन् । उनले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भारतीय राजदूत मञ्जितसिंह पुरीलगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

विशेष विमानमार्फत १० बजे लखनउबाट हिँड्ने उनी करिव ११ बजे जनकपुर ओर्लिएका थिए । योगीले जानकी मन्दिरको दर्शन र पुजा सम्पन्न गरेका छन् । उनका लागि प्रदेश २ का मुख्यमन्त्री राउतले मिष्ठान्न परिकारहरुसहितको विशेष भोजको आयोजना समेत गरेका छन् । भोजपछि योगी रामजानकी विवाह कार्यक्रममा सहभागी हुन रंगभूमि जाने कार्यक्रम रहेको छ ।

स्थानीय प्रशासनले अति विशिष्ट पाहुना आउने भन्दै सर्वसाधारणलाई जानकी मन्दिर प्रवेशमा रोक लगाएको छ। बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएका सर्वसाधरणलाई मन्दिर प्रवेश गर्न दिइएको छैन् ।

मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि भन्दै मन्दिरका चारै ढोका बन्द गरेर सर्वसाधारणलाई बाहिरै रोकिएपछि हजारौं भक्तजन अन्योलमा परेका छन् । विगतका बर्षहरुमा यस किसिमको अवरोध नभोगेका उनीहरुले सास्ती भोग्नुपरेको छ ।

yogi-aditya

Advertisement

Advertisement

Advertisement