हलिउडभन्दा पहिल्यै काठमाडौंमा ‘आक्वाम्यान’ रिलिज

काठमाडौँ । डीसी कमिक्समा आधारित ‘आक्वाम्यान’ यस्तो पहिलो हलिउड फिल्म हो जुन हलिउडभन्दा पहिल्यै नेपाल रिलिज हुनेछ । नेपालमा यो फिल्म २८ मंसिरमा रिलिज हुनेछ र अमेरिकामा त्यसको सातदिनपछि ।
सुपरहिरोको रुपमा जेसन मोमोआको यो पहिलो सोलो फिल्म हो । जसले गर्दा दर्शकबीच उनको क्रेज अहिले चुलिएको छ । भारतमा समेत यस फिल्म प्रतीक्षित बनिरहेको छ ।
आक्वाम्यान हलिउडभन्दा पहिल्यै नेपाल रिलिज हुनुपनि निकै ठूलो कुरा हो । नेपालसहित यो फिल्म भारत र बेलायतमा समेत सँगै प्रदर्शन हुनेछ । जेसन मोमोआ, एंबर एर्ड, प्याट्रिक विल्सन र निकोल किडम्यान स्टारर फिल्मलाई नेपालमा गोपिकृष्ण मूभिजले रिलिज गर्न लागेको हो ।

यस फिल्मको लोकप्रियताको अनुमान चिनियाँ बक्सअफिसमा यसको पहिलो सप्ताहन्त कमाइलाई लिएर पनि लगाउन सकिन्छ । सुरुआती दिनमै २४।६ मिलियन अमेरिकी डलर कमाइ गरेको थियो । आशा गरौं, नेपाली बक्सअफिसमा समेत फिल्म सुपरहिट हुनेछ ।