ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई एक हजार जरिवाना

Advertisement

काठमाडौं । ग्रेटर नेपालको अभियानको नेतृत्व गर्दै आएका फणीन्द्र नेपाललाई एक हजार रुपियाँ जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई सो जरिवाना गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको एकल ईजलासले यही मंसिर २३ गते नेपाललाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा एक हजार जरिवाना गरेको हो । नेपाललाई बिम्स्टेक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आएकै दिन गत भदौ १४ गते बिहान चाबहलस्थित उनकै निवासबाट बाहिर निस्कनासाथ सादा पोसाकका प्रहरीले पक्राउ गरी छ दिन गौशाला प्रहरीवृत्तको हिरासतमा राखेका थिए ।

Advertisement

Advertisement

Advertisement