चीनको दबाबपछि हुवावेकी प्रमुख धरौटीमा रिहा

Advertisement

काठमाडौं । चिनियाँ टेलिकम कम्पनी हुवावेकी प्रमुख धरौटीमा रिहा भएकी छिन् ।

चिनको दबाबपछि हुवावेकी प्रमुख आर्थिक अधिकृत सहित उपाध्यक्ष मेङ वानजाउलाई क्यानडाको अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

हुवावेकी प्रमुख ७५ लाख अमेरिकी डलरमा धरौटीमा रिहा भएकी हुन् ।

हुवावेकी प्रमुखलाई क्यानडा सरकारले डिसेम्बर १ मा मेक्सिको जान लाग्दा क्यानडाको भ्यानकुवरबाट पक्राउ गरेको थियो ।

उनको पक्राउपछि चीन सरकारले कुटनीतिक दबाब दिदै आएको थियो भने, चीन र अमेरिकाबीचको सम्बन्ध पनि चिस्सिन थालेको थियो।

हुवावेकी प्रमुखलाई पक्राउ गरिएको सम्वन्धमा गत आइतबार बेइजिङस्थित अमेरिकी राजदूत टेरी ब्रान्सटाडलाई डाकेर मेङ पक्राउबारे जानकारी लिएका थिए ।

गत आईतबार अमेरिकी राजदूत टेरी ब्रान्सटाड र चीनका उपविदेश मन्त्री यूचेङ बीच भएको भेटवार्तामा उपविदेशमन्त्री यूचेङले सुपुर्दगी गर्नुपर्ने अमेरिकी मागकाबारेमा आपत्ती जनाएका थिए ।

अमेरिकाले चिनियाँ नागरिकको जायज र वैधानिक अधिकारमाथी उल्लंघन गरेको घटना गम्भीर प्रकृतिको भएको चाइना डेलीले जनाएको छ ।

यसअघि चीनको बेइजिङस्थित क्यानडेली राजदूत जोन म्याकलमलाई यस घटनाबारे जानकारी गराइएको थियो ।

धरौटीमा रिहा भएकी उनलाई अदालतले बेलुका ११ बजेदेखि विहान ६ बजेसम्म घरमै बस्नुपर्ने, सुरक्षा निगरानी गर्ने जस्ता शर्त लगाएको छ ।
४६ वर्षीया मेङले आफू उच्च रक्तचापको बिरामी भएका कारण धरौटीमा रिहा हुनुपर्ने माग गरेकी थिइन् । तर अमेरिकाले लगाएको आरोपका बारेमा भने आफू अनविज्ञ भएको बताएकी छिन् ।

यसअघि अर्काे चिनियाँ कम्पनी जेटिईलाई पनि अमेरिकाले जरिवाना तिराएको थियो ।

Advertisement

Advertisement

Advertisement