लगानीकर्तालाई लाभांश दिने वाणिज्य बैंकहरुको घोषणा

Advertisement

काठमाडौं । अहिलेसम्म १४ वटा वाणिज्य बैंकहरुले लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको हो ।

राष्ट्र बैंकको स्वीकृति तथा बैंकको साधारणसभाको बैठकले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउँनेछन् । यसपटक नेपाल इन्भेष्टमेन्ट बैंकले बोनस र नगद दुवैतर्फ सबैभन्दा धेरै लाभांश दिने घोषणा गरेको छ । यद्यपी नविलले गत आर्थिक वर्षमा इन्भेष्टमेन्ट बैंकलेभन्दा  धेरै नाफा कमाएको थियो ।

गत आर्थिकवर्षमा नविलको ३ अर्ब ६४ करोड नाफा थियो भने इन्भेष्टमेन्टको कमाई ३ अर्ब १६ करोड थियो । लाभांश घोषणा गर्ने १४ वटा बैंकहरुमा १३ बैंकले नगद लाभांशलाई समेटेका छन् । ग्लोबल आइएमईले बोनस सेयर मात्रै दिने भएको छ । ७ बैंकले कत्ति पनि बोनस सेयर नदिने भएका छन् ।

यसपाली धेरैजसो बैंकहरुले नगद लाभांशलाई वढि प्राथमिकता दिएका छन् । सेयर लगानी गर्नेहरु बोनस सेयरमा आकर्षित हँदा बैंकहरुले नगदलाई मात्रै जोड दिएपछि सेयर बजार प्रभावित हुन गएको लगानीकर्ताले टिप्पणी गरेका छन् ।

सेयर लगानीकर्ता संघका सदस्य केशव भण्डारीका अनुसार लगानीकर्ता सेयर बोनसतर्फ आकर्षित हुने गरेका छन् । ‘अहिले सेयर घटेको छ, बोनसले सेयर लगानीकर्ताको संख्या बढ्छ, उनले भने, ‘त्यसकारण अहिले बोनस सेयरको महत्व वढि छ।’

Advertisement

Advertisement

Advertisement