ई–सेवाका ग्राहक सात लाख पुगे

Advertisement

काठमाडौं । पछिल्लो समय डिजिटल प्रविधिमा नयाँ पुस्ताको आकर्षण बढ्दो छ । ई–सेवा सेवा प्रदायकबाट सेवा लिनेको ग्राहकको संख्या सात लाख पुगेको राष्ट्र बैँकको तथ्यांक छ । विद्युतीय भुक्तानी प्रणालीमार्फत कुनै पनि सेवा लिँदा सहज हुनाका साथै समय पनि बचत हुने भएपछि यसप्रति नयाँ पुस्ताको आकर्षण बढेको हो ।

सेवा प्रदायक कम्पनीका वालेटमा पैसा राखेर वस्तु तथा सेवा खरिद गर्नुका साथै बिल भुक्तानी गर्न सकिन्छ । क्यास लेस प्रविधिलाई बढवा दिन सरकारले ल्याएको नीतिसँगै यो संख्या वर्षेनी बढ्दै गएको हो ।

यस्ता सेवा प्रदायकको वालेटमा खाता खोलेर आफ्नै मोबाइलबाट घरको बिजुली, खानेपानी, टेलिफोन, इन्टरनेट तथा विभिन्न सपिङ कम्पेक्समा बिल भुक्तानी गर्न सकिन्छ । यस्तो वालेटबाट मोबाइल रिचार्ज, हजाई जहाज तथा बसको टिकट, फिल्मको टिकट, बीमाको प्रिमियम शुल्क, बैंकको किस्ता भुक्तानी, डिम्याट खाता दर्ता र नवीकरण, क्रेडिट कार्ड भुक्तानी, अनलाइन सपिङ, बैंक डिपोजिटसमेत गर्न सकिन्छ ।

नेपालमा भुक्तानी तथा फछ्र्यौट नियमावली २०७२ को अधिनमा रहेर विभिन्न सेवा यस्ता सेवा प्रदायक कम्पनीले सेवा दिइरहेका छन् । ई–सेवा प्रालि र आइएमई डिजिटल सोलुसन लिमिटेडले भुक्तानी सेवा प्रदायक९पीएसपी० मार्फत सेवा दिँदै आएका छन् । ई–सेवाअन्तर्गत हेलो पैसा, खल्ती, ईनेट, एनपेलगायतका सेवा प्रदायकले काम गरिहेका छन् ।
स्मार्ट च्वाइस टेक्नोलोजिजले स्थापना गरेको नेपाल क्लियरिङ हाउस, च्वाइस टेक्नोलोजी, प्रभु टेक्नोलोजीले नेपालमा हुने वित्तीय कारोबारको क्लियरिङ गर्दै आएका छन् । यी सेवा प्रदायकहरूले अन्तर बैंक भुक्तानी प्रणाली र चेक क्लियरिङ गर्दै आएका छन् । सरकारले सबै नागरिकलाई बैकिङ पहुँच पुर्याउन विभिन्न माध्यमहरू अपनाइरहेको छ ।

ई–सेवा प्रयोग गर्ने तरीका

मोबाइल नम्बर र आईडीमार्फत ई–सेवा रजिष्ट्रेशन गर्ने ।
ई–सेवामा पैसा जम्मा गर्ने ९बैंक खातामार्फत० । मोबाइल बैकिङ तथा इन्टरनेट मार्फत ई–सेवामा निःशुल्क पैसा जम्मा गर्न सकिन्छ ।
ई–सेवाका टोल छिमेकमा रहेको ई–सेवा सेन्टरबाट लिन सकिन्छ ।

Advertisement

Advertisement

Advertisement