अफिसमा बसेर घरको लुगा धुन सकिने एलजीको ‘सिक्स मोशन वासिङ मेशिन’को विशेषता यस्तो छ

Advertisement

काठमाडौं । नेपालमा सिजीसहित थुप्रै अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी इलेक्ट्रोनिक्स सामानहरु बिक्री गर्दै आएको चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले अहिले एलजीको ‘सिक्स मोशन डाइरेक्ट ड्राइभ वासिङ मेशिन’ पनि एक हो ।

एलजीले पहिलो पटक सञ्चालनमा ल्याएको यस वासिङ मेशिन बिक्रीका लागि सिजीले उत्साहजन बिक्री गरिरहेको एलजीका नेशनल सेल्स हेड पुरुषोत्तम भण्डारी बताउँछन् । डाइरेक्ट ड्राइभ प्रविधिमा आधारित यस मेशिनले लुगालाई छ वटा फरक तरिकाले धुने भएकाले सिक्स मोशन भनिएको हो ।

भण्डारी भन्छन्, ‘हामीले वासिङ मेशिनमा एउटा क्याम्पियन सञ्चालन गरिरहेका छौं । त्यो हो एलजीको सिक्स मोशन वासिङ मेशिन । यो विल्कुनै नयाँ र नौलो प्रविधिको वासिङ मेशिन भएकाले उपभोक्ताको रुची यसप्रति निकै बढेर गएको छ ।’

मानिसहरुले गाउँघरमा लुगा धुँदाखेरी मिचीमिचीकन, फड्कारेर, निचोरेर, थुपथुप्याएर जस्ता प्रक्रियाबाट धुने चलन रहेकोमा तिनै छ खालका प्रक्रियाबाट सिक्स मोशन वासिङ मेशिनले पनि लुगा धुने गर्दछ ।

यस वासिङ मेशिनबाट लुगा धुँदा लुगालाई किफायती दिने, चाँडै धुने, राम्रोसँग सफा हुने जस्ता विशेषता रहेको भन्दै उनले यस्तो विशेषता अरु ब्राण्डका वासिङ मेशिनहरुमा नरहेको बताउँछन् । भण्डारीले भने, ‘एउटा एलजी मात्रै हो जसले सिक्स मोशन फिचरसहित पहिलो पटक वासिङ मेशिन बजारमा ल्याएको हो ।’

यसबाट उपभोक्तालाई हुने मुख्य फाइदा भनेको लुगा राम्रोसँग धुने र लुगा लामो समयसम्म खप्ने हो । यस वासिङ मेशिनको विशेषताहरु भनेको यसमा रहेको स्मार्ट थिङ्क्यु पनि हो । यो फिचरबाट उपभोक्ताले वाइफाइ अन गरेर जुनसुकै ठाउँबाट पनि घरको लुगा धुन सक्छन् । अहिलेको व्यस्त समयमा अनलाइनबाट लुगा धुन सकिने यो प्रविधि निकै उपयोगी हुने भण्डारीले बताए ।

यसमा रहेको ट्रयुस्टिमले लुगालाई घाममा सुकाएको जस्तै सुख्खा गरिदिन्छ भने यसमा रहेको टर्वोवास फिचरले लुगालाई खुम्चेर बस्न दिँदैन् । साथै, सिक्स मोशन वासिङ मेशिन चलाउँदा भाइब्रेशन हुँदैन । यो भाइब्रेशन फ्रि मेशिन भएकोले न्वाइज फ्रि हुने कम्पनीको भनाई छ ।

साथै, यस वासिङ मेशिनले पानी कम खान्छ । काठमाडौं र नेपालका धेरै शहरी क्षेत्रमा पानीको समस्या रहेकोले ती ठाउँको लागि यो वासिङ मेशिन बढी उपयोगी हुने नेशनल सेल्स हेड भण्डारीले बताए । अरु वासिङ मेशिनको तुलनामा यसले ३० देखि ४० प्रतिशत कम पानी खान्छ ।

सिक्स मोशन वासिङ मेशिनहरु छ किलोदेखि २१ किलोसम्मका छन् । यी सबैमा सिक्स मोशन डाइरेक्ट ड्राइभ प्रविधि रहेका छन् । यिनीहरुको मूल्य ६५ हजार रुपियाँबाट सुरु हुन्छ । सबैभन्दा बढि बिक्ने भनेको आठ किलो क्षमताको वासिङ मेशिन हो, यसको मूल्य ७५ हजार रुपियाँ हाराहारी छ ।

यी वासिङ मेशिनहरुमा १० बर्षको वारेन्टीको सुविधा दिइएको छ । मुलुकभर ३५० भन्दा बढि वाउटलेट (पसल)हरुमा किन्न पाइन्छ । सँगसँगै यसको जडानमा कुनै शुल्क लाग्दैन् । खरिद गरेपछि उपभोक्ताले उपलब्ध गराइएको टोल फ्रि नम्बरमा फोन गर्नुपर्छ, तत्कालै कम्पनीका प्रतिनिधिहरु गएर जडान गरिदिने भण्डारीले बताए ।

Advertisement

Advertisement

Advertisement