इसेवा फोनपे र युनियनपे इन्टरनेशनल बीच क्युआरकोड भुक्तानी प्रणाली सञ्चालन सम्झौता

Advertisement

काठमाडौं । इसेवा फोनपे र युनियन पे इन्टरनेशनलबीच नेपालमा क्युआर कोडमार्फत मोवाइल भुक्तानी प्रणाली सञ्चालन गर्न सम्झौता भएको छ। यो सम्भझौतापछि युनियन पेका नेपाली तथा विदेशी ग्राहकले मोवाइलबाट क्युआर कोड प्रयोग गरी नेपालका विभिन्न मर्चेन्टलाई भुक्तानी दिन सक्नेछन्।

सम्झौतामा युनियन पे इन्टरनेशनल कम्पनी (युपिआई)का प्रडक्ट डाइरेक्टर सुशान फिलिप गैडान तथा इसेवा फोनपेको प्यारेन्ट कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिका अध्यक्ष विश्वास ढकालले हस्ताक्षार गरेका छन्।

क्युआर पेमेन्ट प्रविधि घर्षणरहित मोवाइल भुक्तानी प्रणाली हो। यो सेवा कार्ड पेमेन्ट तथा प्वाइन्ट अफ सेल्स जस्ता पेमेन्ट टर्मिनललाई प्रयोग गरी हुने भुक्तानी प्रणालीको विकल्पमा सस्तो समेत हुन्छ।

इसेवा फोनपेले रणनीतिक साझेदारी गरेको युनियन पे चीनको राष्ट्रिय बैकको कार्ड एशोसिएशनको संस्था युनियनपेको सब्सिडरी हो। यो कम्पनीले विश्वभरका तीन सय संस्थासँग साझेदारी गरेको छ। यो कम्पनीको कार्ड १७० देशमा काम गर्छ भने ३० देशमा यो कम्पनीको कार्ड जारी हुन्छ।

अहिले क्युआर कोड सेवा २६ देशमा सञ्चालनमा छ। युनियन पे इन्टरनशेनलले उच्च गुणस्तरको सुपथ र सुरक्षित रुपमा अन्तरदेशीय पेमेन्ट सेवा सञ्चालन गर्दै आएको जनाएको छ । यससँग विश्वमा सबैभन्दा ठूलो कार्डहोल्डरहरुको आधारसमेत रहेको सो कम्पनीको भनाई छ ।

इसेवा फोनपेले नेपालमा अनलाइन पेमेन्ट प्रणालीमा अग्रता लिइरहेको छ । यसको सञ्जालमा नेपालभर ३५ हजार एजेन्ट, एक हजार मर्चेन्ट र ४९ साझेदार बैंक जोडिएका छन्।

Advertisement

Advertisement

Advertisement