‘शेरबहादुर देउवा जस्तो उदार नेता अहिलेसम्म जन्मिएको छैन्, सल्लाह नगरी उहाँ केही गर्नुहुन्न’

Advertisement

काठमाडौं । काँग्रेस नेता महेन्द्र यादवले काँग्रेसको इतिहासमा शेरबहादुर देउवाजस्तो उदारवादी सभापति अहिलेसम्म कोही पनि नभएको जिकिर गरेका छन् ।

रिपोर्टर्स क्लवमा बिहीबार उनले भने, ‘उहाँजस्तो लिवरल सभापति काँग्रेसको इतिहासमै कोही पनि छैन् । उहाँले अरु नेतासँग सरसल्लाह नगरी कुनै पनि निर्णय लिनुहुँदैन् । विधानले सभापतिलाई दिएको अधिकार प्रयोग पनि उहाँले गर्नुभएको छैन् ।’

नेता यादवले शुक्रबारबाट सुरु हुने पार्टीको महासमिति बैठकमा पार्टीलाई संघीय ढाँचामा लैजानेबारे छलफल हुने स्पष्ट पारे । उनले भने, ‘पार्टीको आगामी कार्यदिशा कस्तो हुन्छ भन्ने विषयमा पनि हामी गम्भीर छलफल गर्छौं ।’ कांग्रेस कमजोर भयो भने मुलुकमा लोकतन्त्र नै कमजोर हुने भएकोले कसरी लोकतान्त्रि पद्धतीलाई मजबुद बनाउने भन्नेबारेपनि महासमिति बैठकमा छलफल हुने उनले जनाए ।

यादवले अहिले पदाधिकारीको संख्या नथपिने पनि जिकिर गरे । उनले भने, ‘दुई वटा उपसभापति, दुई महामन्त्री र दुई सह–महामन्त्री हुन्छ । तर, चार जना उपसभापति हुँदैन् ।’ महासमिति बैठकमा कसैको पनि दुई तिहाई बहुमत नपुग्ने भएकोले विधानमा जे–जे विषय सहमति हुन्छ तीनलाई अघि लैजाने र सहमति भएन भने पूरानै लागु हुने उनको दाबी छ । उनले भने, ‘पूरानो विधान पनि वैज्ञानिक छ ।’

फरक प्रसँगमा यादवले वर्तमान सरकार आफै धर्म प्रचारमा लागेको आरोप लगाए । उनले भने, ‘सरकार धर्मको प्रचारमा मात्रै होइन, कमाउ धन्दामा पनि लागेको छ । अहिले त ठेक्कापट्टामा पनि लागिसक्यो ।’

सरकार गठन भएको एक वर्ष भइसक्यो तर केन्द्र सरकारको कमजोरीका कारण अहिलेसम्म प्रदेश सरकारले पाउनुपर्ने ऐन तथा कानुन नपाएको उनको गुनासो छ । उनले वर्तमान सरकार संघीयता नै समाप्त पार्ने डिजाईनमा लागेको पनि आरोप लगाए । यादवले भने, ‘सरकार व्यापारमा लागिसक्यो । चीनमा जस्तो कम्युनिष्ट शासन व्यवस्था लाद्न खोज्दैछ । तर चीनमा त सात जनाले शासन चलाउँछन् । हाम्रो नेपालमा त चार पाँच जनाले नै शासन चलाउन खोजेका छन् । अहिले ५० अर्बको योजना सरकारले बिना प्रतिस्पर्धा दिने भनेको छ ।’

हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिटको नाममा वर्तमान सरकारले क्रिश्चियन धर्मलाई प्रचार गर्ने काम गरेको पनि यादवले आरोप लगाए । उनले भने, ‘सरकारको यो कदमले हिन्दूहरु सशंकित भएका छन् । सरकारले संविधानलाई मिच्न खोजिरहेको छ । यसप्रति कांग्रेस गम्भीर बनेको छ । हामी चिन्तित छौं ।’

तर तपाईंकै पार्टीका महामन्त्री शशांक कोइरालाले त हिन्दूराष्ट्रको माग गर्नुभएको छ नि भनेर सोधिएको प्रश्नमा उनले भने, ‘त्यो शशांकजीको व्यक्तिगत कुरा हो । पार्टीमा उहाँले नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर भन्न सक्नुहुन्न । ८४ प्रतिशत हिन्दूहरुको भएको देशमा हिन्दूराष्ट्रको आवश्यकता नै छैन् ।’

Advertisement

Advertisement

Advertisement