अर्थमन्त्री भन्छन्—पुँजीगत बस्तुको आयातले बढेको व्यापार घाटालाई नकारात्मक रुपमा लिनु पर्दैन्

Advertisement

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले आयात भएका धेरै बस्तुहरु पुँजी निर्माणमा केन्द्रित भएकाले व्यापार घाटा बढि भयो भनेर आत्तिनु नपर्ने बताएका छन् । उत्पादन र अर्थतन्त्रमा गुणात्मक वृद्धि गर्ने खालका बस्तुको आयातबाट आत्तिन नहुने उनको भनाइ छ ।

मन्त्री खतिवडाले पुँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन पनि अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गरका छन् ।

विश्व बैंक र साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भारोमेन्टले तयार पारेको ‘ए ग्लास हाल्फ फुल’ प्रतिवेदन शुक्रबार काठमाडौंमा सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले अहिले देशको उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले आयातमा अझै जोड दिनु परेको बताए ।

देशको उत्पादन क्षमता र उत्पादकत्व वृद्धिका लागि गरिएका पुँजीगत बस्तुको आयतले गर्दा अहिले ब्यापार घाटा बढिेको पनि उनले दोहोर्याए । उनले अन्तराष्ट्रिय बजारमा आफ्ना तुलनात्मक लाभका क्षेत्रका बस्तुहरु उत्पादन गरेर बजारिकरण गर्नुपर्नेमा पनि जोड दिए ।

उनले दक्षिण एशीयामा एउटै मुलुकको अर्थतन्त्रको कूल हिस्सा ८० प्रतिशत रहेको उल्लेख गर्दै यस क्षेत्रको व्यापार पारस्पारिक हुन नसक्ने तर्क रे । सरकारले आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिएको पनि उनले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement