सनराइज बैंकले एक अर्ब रुपियाँको ऋणपत्र जारी गर्ने

Advertisement

काठमाडौं । सनराइज बैंकले १० प्रतिशत ब्याज दिनेगरि पाँच वर्षे अवधिका लागि एक अर्ब रुपियाँको सबओर्डिनेट बण्ड(ऋणपत्र) निष्काशन गर्ने भएको छ ।

बैंकले पहिलो पटक जारी गर्न लागेको यस्तो सबओर्डिनेट बण्डमा बैंकको दायित्व अन्य ऋणपत्रमा भन्दा कम हुन्छ । यदि बैंक लिक्विडेनसमा गएको अवस्थामा सिर्जना सबैभन्दा पहिले ऋणपत्रको भूक्तानी गर्नुपर्छ । ऋणपत्रको भूक्तानीपछि निक्षेपकर्ताको र त्यसपछि मात्रै सब ओर्डिनेट बण्डको दायित्व भूक्तानी गर्नुपर्छ ।

बैंकले यस्तो ऋणपत्र जारी गर्नका लागि हालै क्रेडिट रेटिङ गराएको छ । केयर रेटिङ नेपालका अनुसार यस ऋणपत्रले ’केयर एनपी ए माइनस’ प्राप्त गरेको छ । यसले प्रर्याप्त सुरक्षा भएको संकेत गर्ने रेटिङ एजेन्सीले जनाएको छ ।

बैंकले कुल निष्काशनको २० प्रतिशत मात्रै सर्वसाधाणलाई जारी गर्नेछ । बाँकी ८० प्रतिशत संस्थागत निक्षेपकर्ताहरुलाई आपसी सहमतिमा निष्काशन गर्ने बैंकले जनाएको छ ।

हाल बैंकले नेपाल भरि ९७ वटा शाखा कार्यालयहरु, तीन वटा एक्सटेन्सन काउन्टर र १ सय ८ वटा एटिएममार्फत बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement