पच्चिस मेगावाटको दरवाङ म्याग्दि जलविद्युत आयोजनाको शिलान्यास

Advertisement

काठमाडौं । म्याग्दीको म्याग्दि खोलामा निर्माण हुने २५ मेगावाटको जलविद्युत आयोजनाको शिलान्यास भएको छ । महिला बाालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र प्रवद्र्धक कम्पनी धौलागिरि कालिका हाईड्रोका अध्यक्ष विनोद कुवरले दरवाङमा आयोजित कार्यक्रमममा यसको शुक्रबार शिलान्यास गरेका हुन् ।

अध्यक्ष कुवरले स्थानीयहरुको बढि भन्दा बढि सहकार्यमा आफूहरुले आयोजना निर्माण गर्न लागेको बताए । कुल पाँच अर्ब १४ करोड लागत रहने यस आयोजनामा सानिमा बैंकको नेतृत्वमा बैंकहरुको तीन अर्ब ५० करोड ऋण लगानी र बाँकी एक अर्ब ६४ करोड शेयर हुनेछ ।

परियोजनामा निर्माण समयमा ३० प्रतिशत शेयर सर्वसाधारणको लागि जारी गरिने उनले बताए । गैरआवासीय नेपालीहरुको बढी लगानी रहेको यस दरवाङ म्याग्दिमा एनआरएनए हङकङ समूह, काठमाडौं म्याग्दि ईन्भेष्टमेन्ट कम्पनी र ग्लोवल फ्रेण्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहका छन् ।

धौलागिरी कालिका हाइड्रो कम्पनीले तीन बर्ष छ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनाबाट उत्पादित विद्युत १४ किलोमिटर लामो १३२ केभी ट्रान्समिसन लाईन हुँदै प्रस्तावित डाँडाखेत सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement