एयर एसिया एयरलाईन्सका १२ वटा चेक बाउन्स

Advertisement

काठमाडौं । मलेसियाबाट काठमाडौं उडान गर्दै आएको एयर एसिया एयरलाइन्सले विमानस्थल कर्मचारीको मिलेमतोमा ७ करोड ठगी गरेको खुलेको छ ।

उडान सेवा बन्द गरिसकेको एयर एसिया एक्सले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई समयमै सेवा शुल्क नतिरेका कारण लागेको १३ करोड रुपैयाँको जरिवानाको ७ करोड रुपैयाँ ठगी गरेको खुल्न आएको हो ।

एयर एसियाले सबै शुल्क तिरिसकेको भएपनि जरिवाना वापतको रकम भने वुझाएको थिएन । एयरलाइन्सले तिरेको दाबी गरेको भएपनि ७ करोड रुपैयाँ भुक्तानी नगरेको नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

एयरलाइन्सले तिरेको भनी दाबी गरेको सही सहित कागजी खातामा तिरेको देखिएपनि बैंक खातामा नदेखिएपछि यस विषयमा प्राधिकरणले खोजी गरेको हो ।

नेपालस्थितको इन्सेन्टिस ट्राभलको बदमासीका कारण राज्यले ७ करोड रूपैयाँ गुमाएको हो प्राधिकरणको ठहर छ ।
इन्सेन्टिभले बैंकमा चेक डिपोजिट गरेको भौचर विमानस्थल कार्यालयमा बुझाएको र कार्यालयले पैसा प्राप्त गरेको देखाइएको छ । यद्यपी ती १२ वटा चेक बाउन्स भएको प्राधिकरणले थाहा पायो ।

यता प्रभु बैंकले १२ वटा चेक निरन्तर बाउन्स हुँदा पनि विमानस्थल कार्यालयलाई मात्रै जानकारी गराई चेक फिर्ता गरेको जवाफ प्राधिकरणलाई दिएको बताइएको छ ।

यसरी १० वटा चेक, विमानस्थल कर्मचारीसँगको मिलेमतोमा बैंक खातामा जम्मा गरेको र रकम पाईएको खातामा देखाइएपनि वास्तवमा बैंकमा चेक जम्मा नभएको प्राधिकरणको उच्च स्रोतको भनाई छ ।

कर्मचारीकै मिलेमतोमा यस्तो हर्कत गरिएको प्राधिकरणका उच्च अधिकारीहरुले आशंका गरेकाछन् ।
घटना एक वर्ष विमानस्थल प्रमुख देवानन्द उपाध्याय हुँदाको हो । चेक हराएको, बाउन्स भएको घटना प्राधिकरणले एयरलाइन्स नेपालबाट बाहिरिदै गर्दा थाहा पाएको हो । यस विषयमा प्राधिकरणले विमानस्थलका कर्मचारीमाथि छानविन गरिरहेको जानकारी दिएको छ ।

प्राधिकरणले पैसा नदिने नियतले यसरी गायब गरिएकोे निष्कर्ष निकाली इन्सेटिभ ट्राभल सहित सञ्चालक हरिमान लामा विरुद्ध महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा प्राधिकरणले बैंकिङ कसुर सम्वन्धि उजुरी गरेको छ ।

तर लामा अझै प्रहरीको पक्राउमा परेका छैनन् ।

Advertisement

Advertisement

Advertisement