बाढी नियन्त्रण र सिंचाई माग गर्दै उर्जामन्त्रीलाई रौतहटवासीले लगाइदिए दुई कुइन्टेलको माला

Advertisement

रौतहट । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनलाई रौटहटवासीले दुई कुइन्टेलको माला लगाइदिएका छन् । उनको आफ्नै पार्टी नेकपाले आयोजना गरेको कार्यक्रममा २०२ किलोको माला लगाइदिने काम भएको हो ।

लाल बकैया र बागमती मजबुत बाध निर्माण तथा उर्जा सिँचाइ विकासको लागि आयोजित सो कार्यक्रममा आफूहरुको समस्या समाधानका लागि भन्दै आफ्नै स्थानीय पार्टी संयन्त्रले मालाको भारीले पुनलाई स्वागत गरेका हुन् ।

रौतहटको मौलापुर नगरपालिकामा नेपाल विद्युत प्राधिकरणको कार्यालय उदघाटन एवं लालबकैया नदिको निरीक्षण गर्न आएका उनलाई बागमती र लालबकैयामा आउने बाढीको चपेटाबाट मुक्त गर्न आग्रह गरेका थिए ।

मन्त्री पुनले आफूले त्यसका लागि प्रयास गरिरहेको जिकिर गरेका थिए । उनले बाढीले क्षतिग्रस्त भएका भौतिक संरचनाको यथासिघ्र पुनर्निर्माण हुने भन्दै सरकारको अबको ध्यान नै विकास निर्मण भएको बताए ।

नेकपाका नेता प्रभु साहले बिगतको दिनमा मधेसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गरेको भए पनि पछिल्लो दिनमा राजनीतिक द्वन्दले मानव विकास सूचकांकमा पछाडि परेको भन्दै मधेसीमा बस्ने जनताको जीवनस्तर उकास्ने र यहाँको विकास गर्ने कुरामा सरकार उदासिन बन्दै आएको बताए ।

Advertisement

Advertisement

Advertisement