मनाङले आर्मीलाई १—० ले पराजित गर्यो, लिग विजेता पक्का

Advertisement

काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले विभागीय टोली आर्मी क्लबलाई १—० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मनाङलाई विजयी गराउन विशाल राईले एकमात्र मात्र निर्णाय गोल गरे।

यो जितसँगै मनाङ लगातार आठौं खेलसम्म अपराजित टोली बनेको छ । मनाङका लागि खेलको ३१औं मिनेटमा विशालले गरेको गोल नै निर्णायक बनेको हो । आजको जितसँगै मनाङ लिग विजेता हुने पक्का भएको खेल विश्लेषकले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement