श्रीलंकाका विवादास्पद प्रधानमन्त्री महिन्दा राजपाक्षको राजिनामा

महिन्दा राजपाक्ष

कोलम्बो । श्रीलंकाका विवादास्पद प्रधानमन्त्री महिन्दा राजपाक्षले आफ्नो पदबाट राजिनामा दिएका छन् । दुईमहिना लामो राजनीतिक संक्रमणका बीच राजपाक्षले राजिनामा दिएपछि श्रीलंकाको राजनीति सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले २ महिना पहिले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमा शिंघेलाई अपदस्थ गर्दै राजपाक्षलाई प्रधानमन्त्री बनाएर नयाँ मन्त्रिपरिषद्समेत गठन गरेका थिए । राष्ट्रपतिको यो कदमलाई त्यहाँको संसदले अनुमोदन गरेन ।

united

त्यस्तै त्यहाँको अदालतले पनि सिरिसेनाको कदमलाई गैरकानुनी ठहर गरेपछि राजपाक्षले राजिनामा दिएका हुन ्। विक्रमासिँघेले आइतबार पुनः सपथ लिने कार्यक्रम रहेको उनको दल युनाइटेड नेसनल पार्टीले जनाएको छ ।