विद्युत् अवरुद्ध हुँदा बैंकको सेवा ठप्प

Advertisement

हुम्ला । हुम्लाको मध्य सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखा तीनदेखि बन्द रहेको छ । बैंकलाई विद्युत् आपूर्ति गर्दै आएको तल्छडी जलविद्युत् आयोजनामा खराबी आएर विद्युत् सेवा अवरुद्ध हुँदा बैंकको काम बन्द भएको हो ।

बैंकमा रु ३० हजारको चेक साट्न सर्केगार्ड गाउँपालिका वडा नं ८ को राहदेवबाट चार घण्टा पैदल हिँडेर आए पनि बैंकमा कारोबार नहुँदा खाली हात फर्कनुपरेको पल्लबी ऐडीले बताए ।

मङ्सिर २५ गतेदेखि विद्युत् अवरुद्ध हुँदा बैंकले कुनै पनि काम गर्न नसकेको बैंकका कर्मचारी धनराज बुढाले बताए । सेवाग्राही एकदेखि दुई दिन पैदल हिँडेर आउने गरेको भए पनि सेवा प्रदान गर्न नसकिएको उनले बताए ।

यो समस्या कति दिनसम्म हुन्छ यसै भन्न नसकिने र यसका लागि गाउँपालिका र विद्युत् उपभोक्ता समितिले सहयोग नगरेको उनले गुनासो गरे । तीन दिनदेखि घाम नलाग्दा बैंकमा जडान गरिएको सोलारले पनि काम गर्न छाडेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement