क्रिकेटर शक्ति गौचनले लिए सन्यास

Advertisement

काठमाडौं । नेपाली क्रिकेटका चर्चित बलर शक्ति गौचनले खेलबाट सन्यास लिएका छन् । शनिबार एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पोखरा पल्टनबाट खेल्दै शक्तिले सन्यास घोषणा गरेका हुन । शक्तिले सन्यास घोषणा गरेको खेलमा पोखरा चितवन टाइगर्ससँग पराजित भएको छ।

शक्ति पोखराको उपकप्तानको जिम्मेवारीमा थिए। शनिबारको खेलमा चितवन टाइगर्ससँग पोखरा ७ विकेटले पराजित भएको हो ।

गत असारमै अन्तराष्ट्रिय क्रिकेटबाट सन्याय लिएका शक्तिले राष्ट्रिय टोलीबाट एक खेल खेल्दै सन्यास लिने तयारी गरेका थिए । तर उनले शनिबार नै सन्यास घोषणा गरेका हुन् ।
शक्तिले क्रिकेट खेलबाट सन्यास लिए पनि अबको दिनमा क्रिकेट क्षेत्रकै लागि काम गर्ने घोषणा गरेका छन् ।

Advertisement

Advertisement

Advertisement