सरकारले यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन फागुन मसान्तसम्मको समय दियोे

Advertisement

काठमाडौं । सरकारले यातायात व्यवसयीलाई कम्पनीमा दर्ता हुन दिएको समय दुई महिना थपेको छ । पुस मसान्तसम्ममा कम्पनीमा दर्ता हुने गरी यसअघि समयसीमा तोकिएको भए पनि धेरै यातायात व्यवसायीहरु कम्पनीमा दर्ता हुन नआएपछि सरकारले समयसीमा बढाएर फागुन मसान्त सम्म पर्याएको हो ।

गृहमन्त्री रामबहादुर थापा संयोजकत्वको यातायात सेवा सञ्चालन, दर्ता तथा पञ्जीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको समितिले दुई महिना समय थप गर्ने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले प्रकाशित गरेको प्रेस विज्ञप्तीअनुसार यातायात व्यवसायी समितिहरु फागुन मसान्तसम्ममा कम्पनीमा रुपान्तरण हुन सक्नेछन् ।

कम्पनीमा रुपान्तरण गर्न कम्पनी ऐनको दफा ९ मा केही परिवर्तन आवश्यक देखिएका समयावधी थप गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विभागले शनिबार यससम्बन्धि जानकारी नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघलाई पनि गराएको छ ।

सरकारले यसअघि वैशाखमा यातायात सिण्डिकेट खारेजीको घोषणा गर्दै यातायात व्यवसायीका समिति कम्पनीमा रुपान्तरण हुनपर्ने घोषणा गरेको थिया े। त्यसअनुसार पुस मसान्तसम्मको समायविधि दिइएको भए पनि फेरि बढाएर फागुन पुर्याइएको छ ।

Advertisement

Advertisement

Advertisement