बहुचर्चित ३३ किलो सुन बल्ल भेटियो

Advertisement

काठमाडौं । बहुचर्चित ३३ किलो सुन बरामद भएको छ । अवैधरुपमा नेपाल भित्र्याइपछि ठूलो चर्चा र छानविनको विषय बनेको ३३ किलो सुन भारतमा बरामद भएको हो ।

नेपालमा यस प्रकरणसँग सम्वन्धित मानिसहरु भकाभक छुटिरहेको बेला भारतीय प्रहरी र भारतीय राजस्व अनुसन्धान विभागको टोलीले गत शुक्रबार कोलकाता–दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट यो सुन बरामद गरेको हो।

यस प्रकरणको छानविन गर्न सरकारले बनाएको छानविन समितिका संयोजक इश्वर पौडेलका अनुसार ३३ बरामद गर्न भारतीय प्रहरी र भारतीय राजश्व अनुसन्धानको टोली सफल भएको हो ।

Advertisement

Advertisement

Advertisement