सुरुवातमा झन्डै २० अंकले बढेको नेप्से ओरालो लाग्दै

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से सुचकांकमा वृद्धि आएको छ । सुरुवाती समयमा लगातार वृद्धि भएर झन्डै २० अंकले वृद्धि देखिएको नेप्सेमा त्यसपश्चात भने गिरावट आउन थालेको छ ।

कारोबारको दई घण्टा वित्दा नेप्से १३ अंकले बढेको छ । बिहान ११ बजे बजार खुल्दा एक हजार १४८ दशमलव ७८ मा रहेको नेप्से १ बजेसम्म आइपुग्दा एक हाजार १६२ दशमलव ४९ अंकमा रहेको छ ।

आज पनि नेप्से सुचक बढ्नुमा बैंक, विकास बैंक र बीमा कमपनीहरुको प्रमुख भूमीका रहेको छ । नेप्से परिसुचक अघल्ललो साता पनि झन्डै १८ अंकले बढेको थियो ।

Advertisement

Advertisement

Advertisement