लक्ष्मी लघुवित्तले २६.३२ प्रतिशत नगद लाभांश पारित गर्यो  ।

Advertisement

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सातौ साधारणसभाले २६ दशमलव ३२ प्रतिशत कर सहित नगद लाभांश पारित गरेको छ ।

लक्ष्मी लघुवित्त वित्तिय संस्था कम्पनीका अध्यक्ष जीवन प्रकाश लिम्बुको अध्यक्षतामा सम्पन्न साधारणसभाले वार्षिक प्रतिवेदन तथा लेखा परीक्षक समेत नियुक्त गर्ने प्रस्ताव सहित लाभांश पारित गरेको हो ।

साधारण सभाले लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम आ.व. २०७५र७६ को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्न र निजको पारिश्रमिक तय गर्न संचालक समितिलाई जिम्वेवारी पनि दिएको छ ।

साधारण सभाले संचालकमा सर्वसाधारणबाट सविना उपाध्याय र गणेश भटट्राई गरी २ जनालाई सबैको सहमतीमा नियुक्त गरेको छ ।

सभामा लगानीकर्ताहरुले नगद लाभांशभन्दा बोनस प्रस्ताव गर्न र कम्पनी खर्च घटाएर पनि शेयरधनीहरुलाई बोनस दिनुपर्ने माग गरेका छन् ।

साथै उनीहरुले आम्दानीभन्दा बढी खर्च गरेकाले, कम्पनीले आउँदा दिनहरुमा खर्च घटाउन पनि सुझाव दिएका छन् ।

अहिले कम्पनीको ४७ जिल्लामा ६२ ओटा शाखा छ । त्यसैगरी ३ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ । सस्थामा ग्राहक सदस्यहरुबाट १ अर्बभन्दा बढी बचत पनि भएको छ ।

Advertisement

Advertisement

Advertisement