नेपालगञ्जको धान विक्रीकेन्द्रमा धान वेच्ने कृषकको भीड

Advertisement

बाँके । नेपाल खाद्य संस्थान, नेपालगञ्जको धान विक्रीकेन्द्रमा धान वेच्ने किसानहरुको भीड लागेको छ । सरकारले धानको मूल्य निर्धारण गरेपछि, किसानको भीड बढेको हो ।

सरकारले समयमै धानको बजार मूल्य तोकिदिएका कारण किसानहरू संस्थानतिर आकर्षित भएका हुन् । नेपालगञ्ज स्थित खाद्य संस्थानमा मोटा धान प्रति क्विन्टल २ हजार ३३१ र मध्यम खालको धानको मूल्य २ हजार ४६० रुपैयाँ तोकिएको अञ्चल कार्यालय प्रमुख हरिप्रसाद जोशीले बताए ।

सरकारले कर्णालीका १० जिल्ला र भेरी, राप्तीका केही जिल्लाको खाद्यान्न आपूर्तिका लागि नेपालगञ्ज स्थित खाद्य संस्थानबाट धान खरीद विक्रीको व्यवस्था मिलाउँदै आएको छ ।

सरकारले गत वर्ष २० हजार क्विन्टल धान खरीदको कोटा निर्धारण गरेकोे थियो भने यो वर्ष २५ हजार क्विन्टल धान खरीद गर्ने आदेश दिएको छ ।

सोही अनुसार मंसिर ११ गतेदेखि धान खरीद गरिरहेको संस्थानका प्रमुख जोशीले बताए ।

Advertisement

Advertisement

Advertisement