परपुरुषसँग अनैतिक सम्वन्ध रहेको आरोपमा आफ्नै श्रीमती र छोरीको हत्या

Advertisement

हेटौंडा । डेरा लिएर बस्दै आएका एक भारतीयले परपुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै आफ्नै श्रीमती र नाबालक छोरीको हत्या गरेका छन् । भारत बिहार राज्य मोतिहारी थाना रामगढवा ग्राम पञ्चायत बलहियाका महम्द रामजान मियाँ दर्जीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

श्रीमती र एक वर्षीया छोरीको हत्या गरेर राप्ती खोलामा फालेपछि हेटौंडा बजारमा लुक्दै आएका दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नी २५ वर्षीया श्रीमती लालमुन खातुन र एक वर्षकी छोरी रोशनलाई राप्ती खोलामा लगेर हत्या गरेका थिए । खातुनको माइती पनि भारतमै हो ।

मकवानपुर प्रहरी प्रमुख बुद्धि गुरुङका अनुसार श्रीमतीको अन्य व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको र सोही कारण सधैं आफूसँग झगडा गर्ने गरेकाले हत्या गरेको दर्जीले बयान दिएका छन् । श्रीमती हत्यामा दर्जीलाई उनकै भाई अरमानले सहयोग गरेको खुलेको छ । अरमान भने फरार रहेको जनाइएको छ ।

मृतक शब माइती पक्षले आएर भारत लगिसकेका छन् भने दर्जीलाई मुलुकी फौजदारी अपराध संहिता ऐनअन्तर्गत ज्यान सम्बन्धी कसुरमा आवश्यक कारवाहीको तयारी भइरहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement