देशको समृद्धि र विकासमा एक दशक बिताउने प्रचण्डको घोषणा

Advertisement

पाल्पा  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताएका छन् ।

पाल्पाको रामपुरमा अाइतबार अायाेजित कार्यक्रममा बाेल्दै दाहालले देशमा शान्ति ल्याउन एक दशक समय लागेको र अब देशको समृद्धि र विकासमा पनि एक दशक समय बिताउने घाेषणा गरे। देश शान्ति र समृद्धितर्फ अगाडि बढेको बताउँदै उनले वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको दाबी समेत गरे।

पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान भएपनि उपयुक्त ढाँचाका कारण रोकिएको हुँदा पुल पुनःनिर्माणका लागि तीव्रता दिइने दाहालले बताए।

कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकाले यसको कालोपत्रेका लागि तीव्रता दिने बताए।

Advertisement

Advertisement

Advertisement