एमभी अगस्टाका महंगा बाइक नेपाली बजारमा :  मुल्य ५८ लाखसम्म

Advertisement

काठमाडौं ।  विश्वका महँगो कम्पनीका बाईक नेपालमा पनि आईपुगेको छ ।  ५७ लाख ९० हजार रुपैयाँसम्मका एमभी अगस्टाका कम्पनीको बाइक नेपाली बजारमा पनि ल्याइएको हो ।

यसको आधिकारिक विक्रेता भेलोसिटीले लाजिम्पाटको शोरुमबाट बिक्री सुरु गरेको छ ।

अहिले नेपालमा एमभी अगस्टाका ५ वटा मोडलका बाइक देख्न सकिन्छ ।

त्यसमध्ये ९९८ सीसीको एफफोर ब्लान्को तथा एफफोर रोसो सबैभन्दा महँगो बाइक हो । यसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ छ ।

४१ लाख ९० हजार रुपैयाँ पर्ने एफथ्री ६७५ सबैभन्दा सस्तो बाइक हो ।

त्यसैगरी ८०० आरआरको बाईकको मुल्य ४३ लाख ९० हजार पर्छ भने ४६ लाख ९० हजार रुपैया ड्रयागस्टार आरआरक बाईकको मुल्य हो ।

Advertisement

Advertisement

Advertisement