काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसको जारी महासमिति बैठकमा सभापति शेरबहादुर देउवाले नेता विजय गच्छदारलाई कार्यबहाक सभापति बनाउने तयारी गरेपछि तनावको स्थिति सिर्जना भएको छ ।
बैठकको बन्द शत्रका क्रममा तनावको स्थिति सिर्जना भएपछि दुई घण्टाका लागि बैठक स्थगित भएको छ। सोमबार बिहान सुरु भएको बैठकमा देउवाले कार्यबाहक विजयकुमार गच्छदारलाई दिने तयारी गरेपछि सहभागीहरूले चर्को हुटिङ गरेपछि बैठक स्थगित गर्नुपर्ने बाध्यता सिर्जना भएको हो ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने केन्द्रीय समिति बैठकमा सहभागी हुन निस्कन लागेका देउवाले बन्द शत्र सुचारु गर्न बैठकको कार्यबाहक अध्यक्षता गच्छदारलाई दिन खोजेका थिए।
तर महासमिति सदस्यहरुको असहमति र विरोधपछि देउवा पछि हटेका थिए । बैठक अब खाना खाएरपछि सुचारु हुने जनाइएको छ। सिंहदरबारमा जारी केन्द्रीय कार्यसमिति बैठकमा विधान मस्यौदालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । केन्द्रीय समितिले मस्यौदा पारित गरेपछि महासमिति बैठकको बन्द शत्रमा प्रस्तुत गरिनेछ।
विधान मस्यौदासहित बन्द शत्रमा राजनीतिक प्रतिवेदन, आर्थिक नीतिसम्बन्धी प्रतिवेदन, संगठन सम्बन्धी प्रतिवेदन र आयव्यय सम्बन्धी प्रतिवेदन प्रस्तुत हुनेछन्।