कही दिनको स्थिरतापछि सुनको मूल्य फेरि घट्यो

Advertisement

काठमाडौं । साताको दोस्रो दिन सुनको मूल्यमा गिरावट आएको छ । केही दिन देखि प्रतितोला ५९ हजार ५०० रुपियाँमा स्थिर रहेको छापावाला सुनको मूल्य सोमबार प्रतितोला २ सय रुपियाँले घटेर प्रतिोला ५९ हजार ३०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ५९ हाजार निर्धारण गरेको छ । व्यवसायीका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि सुनको मूल्य बढेको हो ।

हिजोको तुलनामा अन्तराष्ट्रिय बजारमा आज प्रति औंश सुनको मूल्य झन्डै तीन अमेरिकी डलरले बढेको छ । विवाहको महिना मंसिर सकिएसंगै आन्तरिक बजारमा सुनको माग पनि न्युन रहेको व्यवसायीले बताएका छन् ।

आज चाँदिको मूल्य पनि प्रतितोला ५ रुपियाँले घटेर सात सय २५ रुपियाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement