लगानीकर्ताले आमरण अनशन सुरु गर्दैगर्दा नेप्सेमा दोहोरो अंकको वृद्धि जारी

Advertisement

काठमाडौं । सेयर बाजार परिसुचक नेप्से साताको दोस्रो दिन सोमबार पनि दोहोरो अंकले बढेको छ । आइतबार १८ अंकले बढेर ११ सय ६७ दशमलव ६७ मा पुगेको सुचक आज १५ दशमलव १७ अंकले बढेर एक हाजार एक सय ८२ दशमलव ७८ अंकमा पुगेको छ ।

सेयरबजार लागानीकर्ताले बजार सुधारका लागि जारी राखेको रिले अनशनलाई आमरण अनसनमा बढोत्तरी गरेको दिन नेप्से सुचकमा वृद्धि आउनेक्रमले निरन्तरता पाएको छ ।

नेप्से सुचक बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । हिजो ४७ करोड ४२ लाख मूल्यका सेयरहरुको कारोबार भएकोमा आज ४२ करोड ३ लाख ५३ हाजार मूल्य बराबरका १२ लाख ६० हजार ५ सय १८ कित्ता सेयरको कारोबार भएको छ ।

आजको कारोबारमा व्यापार बाहेकका सबै समूहरुको सुचकहरुमा वृद्धि आउको छ । आजको कारोबारमा पनि वाणिज्य बैंक, विकास बैंक, बीमा तथा लघुवित्त समूहका उपसुचकमा उल्लेखय वृद्धि आएको छ ।

आज जिवन बीमाको सुचक दुई सय २० अंकले बढेदा निर्जीवन बीमाको उपसुचक १९५ दशमलव ९६ अंकले बढेको छ । यसैगरी लघुवित्त, उत्पादन, वाणिज्य बैंक, विकास बैंक र जलविद्युतका उपसुचकहरु क्रमशः ४० दशमलव २१, २३ दशमलव २१, ९ दशमलव १५, ८ दशमलव ५० सर ५ दशमलव ३७ अंकले बढेका छन् ।

Advertisement

Advertisement

Advertisement