करार र ज्यालादारी कर्मचारीको आन्दोलन सुरु, कर्मचारी समायोजन अध्यादेश सच्याउन माग

Advertisement

पाल्पा । स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आफूहरुको सेवा कटौति गरिएको र समान व्यवहार नगरिएको भन्दै आन्दोलन सुरु गरेका छन् । कर्मचारी समायोजन अध्यादेशले आफूहरुमाथि अन्याय गरेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

कार्यालयको कामकाजै ठप्प पारेर आन्दोलनमा उत्रिएका करार तथा अस्थायी कर्मचारीहरुले सेवा सुविधा कटौति र समान व्यवहार नभएसम्म चरणवद्ध आन्दोलन जारी राख्ने बताएका छन् ।

उनीहरुले आफ्ना मागहरु तानसेन नगरपालिकाका प्रमुख र प्रमुख कार्यकारी अधिकृतलाई बुझाएका छन् । समायोजित कर्मचारीहरुको सेवा, सर्त र सुविधाका लागि नियमावली नबनाई अध्यादेशका आधारमा समायोजन गर्न थालिएको भन्दै करार तथा ज्यालादारी कर्मचारीहरुले अहिले पाउँदै आएको सेवा सुविधाहरु हटाउने खोस्ने काम हुन लागेको बताएका छन् ।

सरकारले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेश आफूहरुको हितमा नरहेको भन्दै विभिन्न कर्मचारी संगठनहरुले पनि विरोध जनाउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement