चालु आर्थिक वर्षको ५ महिनाभित्र ३० ठुला उद्योग दर्ता

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनाभित्र ३० नयाँ ठुला उद्योग दर्ता भएका छन् ।  उद्योग विभागबाट स्वीकृति लिई चालु आर्थक वर्षको मंसिर मसान्तसम्म ३० वटा नयाँ उद्योग दर्ता भएका हुन । दर्ता भएका नयाँ उद्योगहरुले ८६ अर्ब भन्दा वढीको लगानी गर्ने भएका छन् ।

४ ओटा ठुला सिमेन्ट उद्योगले सवा १४ अर्ब बराबरको लगानी सहित स्थापनाका लागि स्वीकृति लिईसकेको उद्योग विभागले जनाएको छ । स्वीकृति लिईसकेका उद्योगहरुमा मारुती सिमेन्ट उद्योगले आफ्नो शाखा विस्तारका लागि २ अर्ब ५७ करोड लगानी गर्ने भएको छ ।

त्यसैगरी सिनर्जी सिमेन्टले ९ अर्ब ७८ करोड कुल पूँजीमा बार्षिक ३ लाख ३० हजार मेट्रिक टन ओपिसी र ३ लाख ३० हजार मेट्रिक टन पिपिसी सिमेन्ट उत्पादन गर्ने भएकोछ ।
विभागले सबैभन्दा ठुलो लगानी जलविद्युतमा रहेको देखाएको छ । जलविद्युतमा करिव ५३ अर्ब बराबरको लगानी स्विकृत गरिएको छ । लगानी स्वीकृत गरिएका जलविद्युत कम्पनीले कुल २ सय ९० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएका छन् ।

चालु आवको मंसिर महिनाभित्र ५० करोड भन्दा बढीका १० ओटा उद्योगहरु पनि दर्ता भएका छन । उनीहरुको कुल लगानी ४५ अर्बको हुनेछ । ४५ अर्ब कुल पूँजी लगानी गरी सिचुवान वाईपिङ ईनर्जी साईन्स एन्ड टेक्नोलोजी कम्पनीले २ सय ३५ मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।

Advertisement

Advertisement

Advertisement