राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्मलाई साथ दिएका राजनीतिज्ञ तुलसी गिरीको निधन

Advertisement

काठमाडौं । पूर्वप्रधानमन्त्री तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ । शाही शासन कालमा राजालाई सघाउन महत्वपूर्ण योगदान दिएका उनको आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा निधन भएको हो ।

गिरी ९३ का थिए । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको समयमा मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।

उनी राजा महेन्द्रले २०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व काँग्रेसको महामन्त्री समेत भएका थिए । महेन्द्रले शासन आफ्नो हातमा लिएपछि कांग्रेस छोडेर पञ्चायतलाई सफल बनाउन लागेका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गरेपछि वैचारिक असहमति जनाउँदै श्रीलंकातिर हिंडेका थिए ।

Advertisement

Advertisement

Advertisement