भारतमा तेल तस्करी गर्ने समूहले नेपाली प्रहरीहरुमाथि आक्रमण गर्यो, चार जना घाइते

Advertisement

वीरगन्ज । नेपालबाट भारतमा तेल तस्करी गर्ने समूहले नेपाली प्रहरीहरु माथि आक्रमण गरेको छ । आक्रमणबाट चार प्रहरी घाइते भएका छन् । जसमा एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । आक्रमण गर्ने नेपाल र भारत दुवैतर्फका तस्करहरु रहेको प्रहरीको भनाई छ ।

पर्सास्थित भारतीय सीमावर्ती क्षेत्र जगरनाथपुर गाउँपालिका–१ पाडेपुरमा मंगलबार बिहान तेल तस्करी गर्ने गिरोहले नेपाली प्रहरीहरुमाथि आक्रमण गरेको हो । बिहान उज्यालो नहुँदै मोटरसाइकलहरुमा डिजेल लोड गरी भारतीय बजार इनर्वामा जाँदै गरेका तस्करलाई रोक्न खोज्दा उनीहरुले प्रहरीहरुलाई आक्रमण गरेका हुन् ।

नेपालमा भन्दा भारतमा इन्धनको मूल्य महंगो हुँदा नेपालबाट नियमितरुपमा यसको तस्करी हुँदै आएको छ । खुल्ला सीमाका कारण तस्करहरुले लुकिछिपी तेल तस्करी गर्दै आएका छन् । यस्तो तस्करीमा

घाइते हुनेमा पाडेपुर प्रहरी चौकीका सहायक निरीक्षक विष्णुदेव यादव , प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी र पिडारीगुठी प्रहरी चौकीका अर्का सहायक निरीक्षक जयकिशुन महत्तो छन् ।

आक्रमणमा गम्भीर घाइते भएका प्रहरी जवान चौधरीको अहिले वीरगन्जको एसएल न्यूरो एण्ड जनरल अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने अन्य तीन जनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आक्रमणका क्रममा तस्करहरुले प्रहरीको ‘थ्री नट थ्री’ राइफल पनि खोसेका थिए । खोसिएका राइफल भने घटनास्थल नजिकै खेतमा फेला परेको जनाइएको छ । वीरगञ्जबाट घट्नास्थल पुगेको प्रहरी उपरीक्षक रेवती ढकाल नेतृत्वको टोलीले राइफलहरु फेला पार्नुका साथै घट्नाको अनुसन्धान सुरु गरेको छ ।

Advertisement

Advertisement

Advertisement