व्यवसायिक घरानाहरुले संस्कृत पढेकालाई पनि रोजगारी दिने की ?

Advertisement

केही वर्षअघि एक जना व्यक्तिसँग घुलमिल हुने अवस्था आयो । हामी विस्तारै मिल्ने साथीका रुपमा परिणत हुँदै पनि थियौं । उनीले संस्कृतमा वाल्मिकी विद्यापीठबाट शास्त्री यानेकी स्नातक गरेका रहेछन् । संस्कृतमा स्नातक गरेको व्यक्ति भएता पनि आफूलाई परिचित गराउनुपर्दा संस्कृत पढेको हुँ भन्न कता कता धक लाग्ने रहेछ उनलाई । साथै संस्कृत पढेकाले गर्ने पेशाभन्दा उनी अरु नै पेशाको खोजीमा संघर्ष गरिरहेका भेटिए । त्यहीबेला गैरसंस्कृत पृष्ठभूमिको आफू भने आफ्नो परिवारले अंगालेको संस्कृत र ज्योतिषको विरासततर्फ ढल्कँदै गरेको अवस्था । मैले उनलाई आफूले आर्जन गरेको गुणस्तरीय ज्ञान कर्मकाण्ड, साहित्य, व्याकरण लगायतमा जोड्न आग्रह गरिरहें । जति नै कन्भिन्स गर्न खोजे पनि उनीमा संस्कृत पढेको प्रति गौरवको अनुभूति ल्याउन म असफल नै रहे । उनको ज्यादातर भनाई हुन्थ्यो– संस्कृत पढेकाहरुलाई यहाँ अवसर छैन, बेक्कार पढेछु यो विषय ।

Advertisement

हो, ती मेरा साथी जस्तै सैयौं यस्ता व्यक्तिहरु पछि मैले भेट्न थाले, जो संस्कृत विद्यालाई मुल विद्याको रुपमा अँगालेर स्नातकोत्तर वा स्तानक गरिसकेका छन् । तर पेशा भने नितान्त फरक क्षेत्रमा गएका छन् । उनीहरुमध्ये धेरै जसोको भनाई एउटै छ– संस्कृत पढेकाहरुलाई अध्ययन अनुसारको अवसर छैन । त्यसैले उनीहरु कोही शिक्षण, पत्रकारिता, व्यवसायिक प्रतिष्ठानहरुमा सहयोगी कर्मचारीका रुपमा, निजी कलेजमा कर्मचारीका रुपमा, प्रुफ रिडर आदी जस्ता क्षेत्रमा सहभागी छन् ।
यसरी पनि सोच्ने की ? खासगरी व्यवसायिक घरानाहरुले आफ्नो उद्योग प्रतिष्ठान र व्यवसायिक स्थलहरुमा अवस्थाअनुसार मन्दिर बनाउनेदेखि पूजाआजाका लागि बेग्लै स्थानको व्यवस्था गर्ने गरेको देखिन्छ । तर सो मन्दिर वा पूजा स्थलमा भने कार्यालयकै कोही पाको पियनले पूजाआजा गर्ने गरेको बढि मात्रामा देख्न सकिन्छ । कम्तिमा पनि कोही व्यक्तिले पूजाआजा गर्नु आफैमा राम्रो नै भए पनि त्यसमा केही सुधार गर्दा उत्तम भने अवश्य हुने थियो ।
व्यवसायिक कुल घरानाहरुले आफनो उद्योग प्रतिष्ठानमा कम्तिमा पनि एक दुई जना गुरुहरुलाई रोजगारकै रुपमा स्थान दिन सोच्ने की ? उद्योग प्रतिष्ठानमा सैयौ, हजारौ कर्मचारी अटाएको अवस्थामा एक दुई जना सम्बन्धित विषयकै दक्ष गुरुहरुलाई स्थान दिएमा सकारात्मक सन्देश प्रवाह हुने थियो । साथै हिन्दू धर्ममा आस्था राख्ने उद्योगी व्यवसायीले धेरैले त्यस्तो गरिदिएमा संस्कृत पढेका जनशक्ति बजारमा खपत पनि हुने थियो । यसले संस्कृत अध्ययन गर्नेहरुमा जोश जाँगर र भरोसा उत्पन्न गर्ने थियो । अन्ततः यसले संस्कृत विद्या प्रवद्र्धन र पूर्विय दर्शनलाई अघि बढाउन भुमिका खेल्ने थियो ।छिमेकीबाट केही सिकौं राई परिवारमा जन्मेका काले राई, पछि स्वामी प्रपन्नाचार्यलाई संस्कृत अध्ययनमा भारतको प्रतिष्ठित समूह वैद्यनाथ समूहका संस्थापक राम दयाल जोशीकी श्रीमतीको ठूलो सहयोग रहेको थियो । उनको सहयोग हुन्थेन भने स्वामी प्रपन्नाचार्यले वेदको गहिरो अध्ययन अघि बढाउन निकै कठिन हुने थियो । बास्तबमा लोककल्याणको चिन्तन गर्नेहरु आर्थिक उपार्जनमा प्रत्यक्ष सहभागी हुने अवस्था पनि हुँदैन । त्यस्तो अवस्थामा आर्थिक गतिविधिमा रहेकाहरुले आफनो आम्दानीको सानो अंश मात्र पनि धर्म अध्यात्ममा दिनु आफैमा दायित्व पनि हो ।साथै भारतका धेरै उद्योगी व्यवसायीहरुले संस्कृत, धर्म, अध्यात्म प्रवद्र्धनमा वर्षेनी आफ्नो कमाईको केही अंश दिने गर्छन । संस्कृत, धर्म अध्यात्मलाई अत्यन्त सम्मानका साथ उनीहरुले लिने गर्छन । त्यसैले उनीहरुले यस क्षेत्रमा साधनारत व्यक्तिहरुलाई संरक्षणमा कुनै कसर बाँकी नराख्ने गरेको देख्न सकिन्छ । तसर्थ नेपालका व्यवसायिक घरानाहरुले पनि यसबारे सोच्न आवश्यक छ ।सीएसआरको दायरामा धर्म अध्यात्म जुन समाजमा रहेर आर्थिक गतिविधिमार्फत कमाई गरिन्छ, त्यस समाजको मूल्य मान्यता प्रवद्र्धनका लागि योगदान गर्नु कुनै पनि नागरिकको कर्तव्य पनि हो । हाम्रो हिन्दू धर्मले यसलाई हजारौं वर्ष पहिलो बडो गहिरो गरि व्याख्या गरिसकेको छ । यसलाई आजभोलिको कर्पाेरेट भाषामा कर्पाेरेट सोसल रेस्पोन्सिविलिटी (सीएसआर) भन्ने गरिन्छ ।विभिन्न कर्पाेरेट हाउसहरुले सीएसआरका रुपमा विभिन्न सामाजिक क्षेत्रमा योगदान गर्ने गरेको पाईन्छ । हो, ती संस्थाहरुले आफ्नो सीएसआर कार्यक्रमअन्तर्गत केही मन्दिर बनाई दिने, संस्कृत पढिरहेका बटुकलाई छात्रवृत्ति दिने, धर्म अध्यात्म र संस्कृत पढेकाहरुमध्ये केहीलाई पनि आफनो संस्थामा रोजगारीको अवसर दिने जस्ता कार्यक्रम ल्याउन आवश्यक छ । कार्यालयमा लक्ष्मीको पूजा गर्ने, घरमा रुद्रि लगाउने तर यिनै काममा राम्रो ज्ञान हासिल गरेका ब्राम्हणहरुलाई संरक्षण नगर्ने, यो आफैमा न्याय संगत अभ्यास हुँदैन ।राम्रो कर्मकाण्ड गर्नेको खोजी हो, ओमकार परिवारअन्तर्गत हिन्दू परम्परामा वालक जन्मेदेखि कुनै व्यक्तिको निधनसम्ममा विभिन्न खाले कर्मकाण्डका पद्दति छन् । त्यसैगरी विभिन्न चाडपर्वदेखि तीर्थ ब्रतसम्म पनि अपनाउनुपर्ने प्रावधान छ । यस्तो प्रक्रियामा राम्रो पढेलेखेको र अभ्यास भएको ब्राम्हण भएमा उक्त पद्दति प्रपर ढंगले अबलम्बन हुनेगर्छ । त्यसैले बजारमा राम्रो पढेलेखेका कर्मकाण्ड गर्ने व्यक्तिहरु दिनप्रतिदिन घट्दै गएको अवस्था पनि छ ।ब्राम्हण चाहिने जातकले पनि राम्रोसँग संस्कृत पढेलेखेका र अभ्यास गरेकालाई बोलाउने गरेमा प्रपर म्यान इन प्रपर प्लेसको अवस्था सिर्जना हुने थियो । खासै ज्ञान नभएकाहरुलाई बोलाउने तर उनीहरुले गरेको लटरपटर कर्मकाण्डको अभ्यासलाई उपेक्षा गरेर कुरा काट्ने कुरीतीमा जातक वर्ग पनि रम्ने गरेको पाइन्छ ।यदि सम्बन्धित् विषय नै पढेको व्यक्तिलाई सम्बन्धित कार्यमा प्रवद्र्धन गर्न सकेमा एकातिर पढाई र मेहनतको कदर हुने थियो भने अर्काेतर्फ संस्कृत पढेका व्यक्तिहरु अन्य क्षेत्रमा भड्किंदै हिड्नुपर्ने अवस्था आउने पनि थिएन । त्यसो भएमा संस्कृतमा दक्ष ज्ञान भएको जनशक्ति आफनै क्षेत्रमा पेशागत रुपमा अघि बढ्न सक्ने अवस्था आउने थियो ।विद्या र साधनाको फल अनभ्यासे विषं विद्या, अजिर्णे भोजनं विषम् विषं सभा दरिद्रस्य, वृद्धस्य तरुणी विषम् अर्थात अभ्यास नगरिने विद्या विष हो भनिएको छ । हो, वास्तवमा कुनै व्यक्तिले विद्यार्थी अवस्थामा राम्रोसँग संस्कृत अध्ययन गर्यो तर त्यसलाई अभ्यासमा लगेन भने त्यो विद्या विष समान नै हुन्छ । तर अध्ययन गरेको विद्या अभ्यास गरेर उसको पारिवारिक जीवन चल्नुपर्ने हुन्छ । अर्थात पेशागत जीवन सिर्जना विद्याले काम गर्नुपर्छ । आजभोलि अन्य विषयमा विद्या आर्जन गर्दा सजिलै रोजगारी पाउन सकिने तर संस्कृत पढेमा पढाई अनुसारको क्षेत्रमा काम नपाईने हुँदा अन्य क्षेत्रमा भौतारिनुपर्ने भन्दै युवा पुस्तामा यसको अध्ययनप्रति रुचि निकै घटेको देखिन्छ ।यदि संस्कृत पढेका व्यक्तिहरुले समाजमा पेशागत अवसरहरु पाउने हो भने यसलाई अध्ययन गर्ने सोच बनाउने युवा पुस्ताको संख्या बढाउन सकिन्छ । त्यत्ति मात्र होईन, यसले हाम्रो धर्म संस्कृति प्रवद्र्धन गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने छ । अलिअलि पढेकाहरुले गर्ने अभ्यासका कारण उत्पन्न भएको अन्योल र आलोचनाको अवस्था भन्दा किन यी पद्दति गर्न खोजिएको हो ? भन्ने वैज्ञानिक र यथार्थ ज्ञान साथ अघि बढ्दा धर्म अध्यात्मप्रति आस्थामा समेत अभिवृद्धि हुँदै जाने छ । साथै अन्तर्राष्ट्रियस्तरमा गुणस्तरीय गुरुहरुमार्फत हाम्रो पूर्वीय दर्शनको प्रचार प्रसार हुन सकेमा शान्तिको खोजीमा भड्किरहेकाहरुले मुक्तिको मार्ग पाउने द्धारसमेत खुल्ने छ ।उद्यमशीलताको विकास संस्कृत पृष्ठभूमि भएकाहरु अरुले दिएकोमा मात्र भर पर्दै बसिरहनु पर्छ भन्ने पनि छैन । यसको दह्रो उदाहरण बाबा रामदेव र आचार्य बालकृष्ण हुन । उनीहरुमाथि आर्युर्वेद र पूर्वीय अभ्यासलाई अति धेरै व्यवसायिकरण गरको भनी केहीले आलोचना गर्ने गरेको पनि पाइन्छ । तर रामदेव र बालकृष्णले जुन उद्यमशीलताको नमुना दिएका छन्, त्यो आज विश्वका ठूला ठूला कर्पाेरेट हाउसका मार्केटिङका मानिसहरुका लागि चुनौति बनेको छ । त्यसैले संस्कृत पृष्ठभूमि भएका नेपालीहरुले पनि उद्यमशीलताको प्रवद्र्धन गर्नमा पनि ध्यान दिने पो हो की ? आफैले पढेको विद्यालाई फैलाएर समय अनुसार प्रयोग गर्नुभन्दा, विद्यार्थीकालमा विषय छान्दा गल्ति गरिएछ भन्दै पछुताउँदै हिड्नुले पनि खासै अर्थ राख्दैन ।त्यसैले संस्कृत अध्ययन साथै आफ्नो धर्म संस्कृति संरक्षणमा समाजका सवै तह र तप्काले सक्दो भूमिका निर्वाह गर्नतर्फ गम्भीर ध्यान दिन ढिलाई गर्ने अवस्था छैन । सबैले यसबारे गम्भीर भएर सोच्ने की ?

(पन्त, नेपाल ज्योतिष परिषद्का पार्षद एवं दिव्य दृष्टि ज्योतिष सेवा तथा अनुसन्धान केन्द्रका संस्थापक हुन् सम्पर्क नं. ९८४१५२७५१०)

Advertisement

Advertisement