व्यापार घाटा कम गर्ने उपाय खोज्न राजश्व सचिवको नेतृत्वमा कार्यदल

Advertisement

काठमाडौं । सरकारले ब्यापार घाटा कम गर्ने उपायहरु सुझाउनका लागि एक उच्चस्तरीय कार्यदलको गठन गरेको छ । अर्थ र बाणिज्य मन्त्रालयको संयुक्त बैठकपछि राजश्व सचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

अर्थका राजश्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा शिक्षा, स्वास्थ्य, श्रमलगायत सात वटा विभागका महानिर्देशकहरु सदस्य रहेको कार्यदललाई सात दिनभित्र सुझाव दिन निर्देशन दिइएको छ ।

कार्यदलको सुझाव अनुसार सरकारले ब्यापार घाटा कम गर्नका लागि आवश्यक नीति नियम तर्जुमा गरी कार्यान्वयन गर्ने बताइएको छ । कार्यदलले खासगरी सेवा आयातका बारेमा अध्ययन गर्ने छ । सेवा आयात पनि उच्च भएका कारण ब्यापार घाटा बढेको सरकारी बुझाइ छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार, आयात ४३. ६ प्रतिशतले बढेर शोधनान्तर र चालु खाता घाटा उच्च दरले बृद्धि भएको छ । ब्यापार घाटा कम गर्नका लागि उपाय खोज्न उच्चस्तरीय समिति गठन गरिएको हो ।

Advertisement

Advertisement

Advertisement