जापानी निजि क्षेत्रलाई नेपालमा विनासंकोच लगानी गर्न परराष्ट्रमन्त्री ज्ञावलीको आग्रह

Advertisement

टोकियो । जापान भ्रमणमा टोकियो पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले जापानी निजि क्षेत्रलाई नेपालमा विनासंकोच लगानी गर्न आग्रह गरेका छन् ।

टोकियोमा आयोजित नेपाल ईन्भेष्टमेन्ट सेमिनारमा बोल्दै मन्त्री ज्ञावलीले नेपालमा लगानी गर्ने बातावरण अनुकुल भएकाले नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

लामो समयदेखिको नेपाल(जापानको घनिष्ट सम्वन्धलाई टिकाईराख्न द्धीपक्षिय परस्पर सहयोग अपरिहार्य भएको बताउदै मन्त्री ज्ञावलीले थप मजवुत बनाउने बेला आएको छ भने ।

सरकारले समृद्ध नेपाल निर्माणको लागि विकासका योजनाहरु सार्वजनिक गरेको छ उनले भने, ‘कृषिमा आधुनिकिकरण, पूर्वाधार निमार्ण, सूचना प्रविधी, रेलसेवा, पर्यटन, स्वास्थ्य, विधुतीकरण लगायतका क्षेत्रमा नयाँ लगानी आवश्यक छ’ ।

उनले विविधि क्षेत्रमा सुरक्षित लगानी गर्ने बातावरणका लागि सरकारले लगानी वोर्डको पनि गठन गर्ने बताए ।

नेपालमा भारत, चीन, हङकङ लगायतका धेरै मुलुकले ठुलो लगानी गरिसकेको अवस्थामा उनले जापानीज जिजि क्षेत्रलाई पनि ढुकक भएर लगानी गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा जापान ईन्टरनेशनल कोअपरेशन एजेन्सी जाईकाका नेपाली लगानी वोर्ड वैदेशिक लगानी सल्लाहकार मिकिओ तामादाले पनि विगतको तुलनामा नेपालको अवस्था राजनीतिक तथा अन्य हिसाबले पनि सुधार भईसकेकाले लगानी गर्न कुनै अप्ठयारो नपर्ने बताए ।

समारोहमा जापानका तीनसय भन्दा बढी नीजि कम्पनीको प्रतिनिधित्व रहेको थियो ।

Advertisement

Advertisement

Advertisement