उपत्यकामा मोनोरेल निर्माणको लागि डीपीआर बनाउन चिनियाँ कम्पनीसँग सम्झौता

Advertisement

काठमाडौं । उपत्यकामा मोनोरेल निर्माणको लागि चिनियाँ कम्पनीसँग सम्झौता भएको छ ।

बुधबार राष्ट्रिय सभागृहमा काठमाडौं र ललितपुर महानगरपालिका तथा चाइना रेलवे २५औं ब्यूरो ग्रुप कम्पनी लिमिटेड सीआरसीसीबीच मोनोरेलको विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

कम्पनीले १ वर्ष भित्रमा डीपीआरको काम सक्ने  जनाएको छ । मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको दावी छ । यसका लागि ३० देखि ४० करोड रुपैयाँको लागत अनुमान गरिएको छ ।

चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सीआरसीसीले काठमाडौंको चक्रपथमा मोनोरेल बनाउन कम्तीमा १ वर्ष डीपीआरको लागि समय चाहिने र ३ वर्ष निर्माणमा लाग्ने जनाएको छ । यसअघिको प्रारम्भिक अध्ययनले चक्रपथमा मोनोरेल बनाउन एक खर्ब १६ अर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ ।

बुधबार सभागृहमा भएको कार्यक्रममा काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र चिरिबावु महर्जनले मोनोरेल बनाउन महानगपालिकाले मात्रै खर्च पुर्‍याउन नसक्ने भएकाले संघ र केन्द्र सरकारको पनि सहयोग खोजिने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement